इराकद्वारा 'संयुक्त राष्ट्र संघको सहायता अभियान' अन्त्य गर्न आह्वान | Khabarhub Khabarhub

इराकद्वारा ‘संयुक्त राष्ट्र संघको सहायता अभियान’ अन्त्य गर्न आह्वान


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमानडौं – इराकले सन् २०२५ को अन्त्यसम्ममा इराकका लागि संयुक्त राष्ट्रसङ्घीय सहयोग मिसन (युएनएएमआई) को सञ्चालन समाप्त गर्न अनुरोध गरेको छ ।

प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीको कार्यालयले जारी गरेको विज्ञप्तिमा संयुक्त राष्ट्रद्वारा गठित स्वतन्त्र रणनीतिक समीक्षा टोलीको निष्कर्षका आधारमा इराकले युएनएएमआईलाई सन् २०२५ सम्म सहयोग मिसन समाप्त गर्नका लागि गरेको अनुरोध पर्याप्त समयरेखा हुने उल्लेख छ ।

विज्ञप्तिमा इराकी सरकारले इराकको अनुरोध र स्वतन्त्र रणनीतिक समीक्षा टोलीको सिफारिसको जवाफमा मे महिनाको अन्त्यसम्ममा संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावको अपेक्षा गरिएको जनाएको छ । 

इराकी सरकारको अनुरोधमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को सन् २००३ मा स्थापना गरिएको युएनएएमआई विशेष राजनीतिक मिसन हो । समावेशी, राजनीतिक संवाद, राष्ट्रिय र सामुदायिक स्तरमा मेलमिलाप अगाडि बढाउनु, इराकको सरकार र जनतालाई सल्लाह, समर्थन र सहयोगको गर्नु यसको प्राथमिकता हो । 

यसले चुनावी प्रक्रियामा पनि सहयोग गर्ने, इराक र छिमेकीबीचको क्षेत्रीय संवादलाई सहज र मानव अधिकारको संरक्षण र न्यायिक र कानुनी सुधारको लागि प्रवर्द्धन गर्दै आएको छ । 

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ३ : ०३ बजे

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं

अर्थतन्त्रका सूचकहरु सकारात्मक छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली