चितवनमा प्रधानमन्त्रीले भने : अहिलेको सत्ता समीकरण तलमाथि हुँदैन, सदन चाँडै खुल्छ « Khabarhub

चितवनमा प्रधानमन्त्रीले भने : अहिलेको सत्ता समीकरण तलमाथि हुँदैन, सदन चाँडै खुल्छ


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

चितवन- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गतिरोध अन्त्य भएर सदन खुल्ने विश्वास जनाएका छन् ।

पूर्वी चितवनमा सोमबार भएको अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्रीले दलहरूबीच अनौपचारिक र औपचारिक रूपमा छलफल भइरहेकाले छिट्टै निष्कर्षमा पुगिने बताए ।

‘सदनको गतिरोध अन्त्य भइसकेको छैन,’ उनले भने, ‘आज यसबारे हामी टुङ्गोमा पुग्नुपर्नेछ, दलहरूबीच सघन छलफल हुन्छ ।’

सत्ता समीकरणबारे हुने गरेको टिप्पणीप्रति सङ्केत गर्दै प्रधानमन्त्रीले भने, ‘सरकारको स्थिरतामा कुनै समस्या छैन । अहिलेको समीकरण पूरै कार्यकाल जान्छ । सहमतिअनुसार मिलेर अघि बढ्छौँ ।’

नीति कार्यक्रम र बजेटबीचमा सन्तुलन कायम गरी जनताका आकांक्षालाई सम्बोधन गरिने प्रधानमन्त्रीले बताए।

‘आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबीच सन्तुलन कायम गरिनेछ,’ उनले भने, ‘कृषिलाई आधार र नवप्रवर्तनलाई केन्द्रित गरेर ‘पपुलिष्ट’ होइन ‘पपुलर’ बजेट बन्छ ।’

सरकारले उत्पीडित, गरिब, बिपन्न, विकट क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरिरहेको उल्लेख गर्दै उनले कृषिमा आधारित उद्योगको प्रवर्द्धनमा जोड दिइने बताए ।

भ्रष्टाचार नियन्त्रणमा सरकारले अभूतपूर्व काम गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले ललिता निवासको १४३ रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याइएको जानकारी दिए ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  २ : ५९ बजे

सुनसरीमा झडप: सुरक्षाकर्मीले ‘ताकी-ताकी’ गोली हानेको रास्वपा सांसदको आरोप

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नयाँ हटिया क्षेत्रमा

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

विश्वकप लिग-२ : आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु

अमेरिकी डलर १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्डको विनिमय दर पनि घटबढ

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय