एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक भोलिदेखि « Khabarhub

एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक भोलिदेखि


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक भोलिदेखि ललितपुरको बालकुमारीमा सुरु हुने भएको छ । 

आगामी जेठ २ गतेसम्म चल्ने बैठकमा पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण, देशभर पार्टी संगठनको अवस्था, जनवर्गीय संगठनका कार्य प्रगति, पार्टीको आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे छलफल गरिने बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी तोकिनेछ । 

महाधिवेशन प्रतिनिधि छनोटका लागि मापदण्ड तय गर्ने बैठकमा संगठन बिस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गरिने केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए।

पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक प्रतिवेदन तथा महासचिव घनश्याम भुसालले सांगठनिक प्रतिवेदन पेस गर्ने बैठकमा पार्टीको समाजवादी कार्यक्रम, विधान हेरफेरका लागि तयार गरिएको मस्यौदामा छलफल हुनेछ ।

विधानमा पार्टीको नेतृत्वमा ७० वर्ष उमेरको हदबन्दी हटाउन, युवा सहभागिता वृद्धि गर्न, केन्द्रीय कमिटीको आकार सानो बनाउने विषयलाई अनुमोदन गरिने जनाइएको छ ।

पार्टी मातहतका कमिटी तथा जिल्ला तहका कार्यकर्ताबाट विधान संशोधन मस्यौदामा ती विषयलाई परिमार्जन गर्न माग गरिएको जनाइएको छ । विभिन्न कमिटीबाट पार्टीको आदर्श, वैचारिक दृष्टिकोण, कार्यदिशा, कार्ययोजना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई दृष्टिगत गरी विधान परिमार्जन गर्न सुझाइएको छ ।

बैठकको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । बैठकस्थल सजाइएको छ भने देशभरबाट सहभागी हुने प्रतिनिधि आयोजकको खाने, बस्नेलगायत आवश्यक व्यवस्थापन पूरा भएको छ ।

पार्टी अध्यक्ष नेपालले उद्घाटन गर्ने  बैठकको समाचार प्रचारप्रसारका लागि सूचना संकलन केन्द्र, सहभागी प्रतिनिधिको परिचयपत्र व्यवस्थापन, सुरक्षा व्यवस्थाका लागि स्वयंसेवकको व्यवस्था गरिएको छ ।

नयाँ विधानका आधारमा आगामी असार १६ देखि २० गतेसम्म पार्टीले काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने तयारी गरेको छ ।

    

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ३ : ०७ बजे

सुनसरीमा झडप: सुरक्षाकर्मीले ‘ताकी-ताकी’ गोली हानेको रास्वपा सांसदको आरोप

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नयाँ हटिया क्षेत्रमा

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

विश्वकप लिग-२ : आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु

अमेरिकी डलर १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्डको विनिमय दर पनि घटबढ

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय