कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत « Khabarhub

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

राप्रपा तटस्थ बस्दा कांग्रेसद्वारा प्रदेश सभा बहिष्कार


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत प्राप्त गरेका छन् ।

प्रदेश सभामा सोमबार भएको मत विभाजनका क्रममा मुख्यमन्त्री कार्कीको पक्षमा कुल ५७ मत परेको छ ।

कार्कीलाई एमालेका ४०, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ३ र जसपाका १ जना प्रदेश सभा सदस्यले मत हालेका छन् ।

विश्वासको मतका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी भने तटस्थ बसेको छ। राप्रपाका ६ प्रदेश सभा सदस्य रहेका छन् ।

उता २९ प्रदेश सभा सदस्य रहेको नेपाली कांग्रेसले भने प्रदेश सभा बैठक बहिष्कार गरेको छ ।

कुल ९३ सदस्य रहेको प्रदेशसभामा मुख्यमन्त्री हिक्मत कार्कीलाई बहुमत ४७ मत आवश्यक थियो । मतदानमा ६२ प्रदेश सभा उपस्थित थिए ।

कोशीमा एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन्।

कार्की संविधानको धारा १६८ उपधारा ५ अनुसार वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई एमालेका ३९ र माओवादीका १३ सांसदको समर्थन छ ।

तर निवर्तमान मुख्यमन्त्री केदार कार्कीले हिक्मत कार्कीको नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्चमा रिट दायर गरेका छन् ।

उक्त रिटमा अदालतले अन्तरिम आदेश नदिए पनि जेठ ९ गते पूर्ण सुनुवाइका लागि पेसी तोकेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ३ : ३६ बजे

‘कांग्रेसको विशेष महाधिवेशनका पक्षमा पुगे ६६ प्रतिशत प्रतिनिधि’

काठमाडौं- काठमाडौंमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा ६६

इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सयौँको ज्यान जानेगरी भएको प्रदर्शनलाई

अञ्जनाको गुनासो सम्बोधन भएको ‘परिवर्तन’को ट्रेलर

काठमाडौं – फिल्म ‘पुजार सार्की’बाट फुल फ्लेज नायिका बनेकी अञ्जना

पार्टी एकढिक्का राख्न संवादको ढोका खुला छ : नेता कार्की

काठमाडौं– नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पार्टीलाई एकढिक्का राख्न लचकताका

कर्तव्य ज्यान मुद्दाका फरार कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथदेवलबाट फरार एक कैदी