अनेरास्ववियु स्थापना दिवसको अवसरमा ‘विद्यार्थी महोत्सव’ « Khabarhub

अनेरास्ववियु स्थापना दिवसको अवसरमा ‘विद्यार्थी महोत्सव’


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले जेठ १ गतेदेखि काठमाडौंमा हुन लागेको विद्यार्थी महोत्सवको तयारी पुरा भएको जनाएको छ । 

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गदै अनेरास्ववियुले संगठन स्थापनाको ६० वर्ष पुरा भएको अवसरमा आयोजना गर्न लागेको ‘विद्यार्थी महोत्सव-२०८१’ को तयारी पुरा भएको जनाएको हो ।

जेठ १ देखि ३ गतेसम्म हुने महोत्सव नेपाली विद्यार्थी आन्दोलनको इतिहासमा सबै भन्दा ठूलो कार्यक्रम भएको अनेरास्ववियुका अध्यक्ष समिक बडालले बताए। महोत्सवमा विद्यार्थीलाई राजनीतिक चेतना र विद्यार्थी आन्दोलनबारे जानकारी गराइने र बिभिन्न सत्रहरुमा छलफल हुने उनले बताए।

विद्यार्थी महोत्सवमा १ सय ५० भन्दा बढि शैक्षिक स्टल रहने र महोत्सव अवधिभर करिव एक लाख विद्यार्थीहरूले प्रत्यक्ष अवलोकन गर्ने लक्ष्य लिइएको बडालले जानकारी दिए ।

सरकारी तथ्याङ्क अनुसार हरेक वर्ष एक लाख २० हजार विद्यार्थी अध्ययनका लागि विदेश जाने गरेका छन् । विदेशमा होइन, नेपालमा नै उत्कृष्ट गुणस्तरीय शिक्षा छ भन्ने सन्देश दिन महोत्सवको आयोजना गरिएको अखिलले जनाएको छ । 

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ४ : २८ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी