अनेरास्ववियु स्थापना दिवसको अवसरमा 'विद्यार्थी महोत्सव' | Khabarhub Khabarhub

अनेरास्ववियु स्थापना दिवसको अवसरमा ‘विद्यार्थी महोत्सव’


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले जेठ १ गतेदेखि काठमाडौंमा हुन लागेको विद्यार्थी महोत्सवको तयारी पुरा भएको जनाएको छ । 

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गदै अनेरास्ववियुले संगठन स्थापनाको ६० वर्ष पुरा भएको अवसरमा आयोजना गर्न लागेको ‘विद्यार्थी महोत्सव-२०८१’ को तयारी पुरा भएको जनाएको हो ।

जेठ १ देखि ३ गतेसम्म हुने महोत्सव नेपाली विद्यार्थी आन्दोलनको इतिहासमा सबै भन्दा ठूलो कार्यक्रम भएको अनेरास्ववियुका अध्यक्ष समिक बडालले बताए। महोत्सवमा विद्यार्थीलाई राजनीतिक चेतना र विद्यार्थी आन्दोलनबारे जानकारी गराइने र बिभिन्न सत्रहरुमा छलफल हुने उनले बताए।

विद्यार्थी महोत्सवमा १ सय ५० भन्दा बढि शैक्षिक स्टल रहने र महोत्सव अवधिभर करिव एक लाख विद्यार्थीहरूले प्रत्यक्ष अवलोकन गर्ने लक्ष्य लिइएको बडालले जानकारी दिए ।

सरकारी तथ्याङ्क अनुसार हरेक वर्ष एक लाख २० हजार विद्यार्थी अध्ययनका लागि विदेश जाने गरेका छन् । विदेशमा होइन, नेपालमा नै उत्कृष्ट गुणस्तरीय शिक्षा छ भन्ने सन्देश दिन महोत्सवको आयोजना गरिएको अखिलले जनाएको छ । 

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ४ : २८ बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने