दुर्गम क्षेत्रमा आयोडिनयुक्त नुन सहज आपूर्तिको व्यवस्था मिलाउन सरकारलाई निर्देशन « Khabarhub

दुर्गम क्षेत्रमा आयोडिनयुक्त नुन सहज आपूर्तिको व्यवस्था मिलाउन सरकारलाई निर्देशन


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले दुर्गम क्षेत्रमा आयोडिनयुक्त नुनको सहज आपूर्तिको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले मुलुकको सुगम स्थानमा आयोडिनयुक्त नुनको सहज आपूर्ति भए पनि दुर्गम क्षेत्रमा आपूर्ति सहज हुन नसकेको निष्कर्ष निकाल्दै दुर्गम क्षेत्रमा नुनको सहज आपूर्तिको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको हो ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट आपूर्ति हुने गरेको चिनी, रासायनिक मललगायत अत्यावश्यक सामग्रीको गुणस्तरीयता सुनिश्चित गर्दै सरल आपूर्तिको व्यवस्था मिलाउन वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।

साल्ट ट्रेडिङले विभिन्न शीर्षकमा पाउनुपर्ने भुक्तानीका लागि सहजीकरण गर्न अर्थ मन्त्रालयलाई समेत निर्देशन दिएको समिति सभापति अब्दुल खानले जानकारी दिए ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सडकको अवस्थाका कारण दुर्गम क्षेत्रमा सहज रूपमा सेवा प्रवाह र आपूर्ति गर्न कठिन भएकाले यसतर्फ विशेष ध्यान दिने बताए ।

अत्यावश्यक वस्तुको अभाव हुन नदिने भन्दै उनले यसका लागि आवश्यक कार्य योजना बनाउन लागिएको उनले बताए । उनले चाडपर्वमा चिनीको अभाव देखिने गरेकाले यस वर्ष छिटै आयात र उत्पादन वृद्धिलाई ध्यान दिइने जानकारी दिए ।

साल्ट ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले बिक्रीको अनुपातमा धेरै स्टक राख्नुपर्ने अवस्थामा संस्थालाई आर्थिक समस्या देखिएको र यसमा राष्ट्र बैंकले कर्जाका लागि सहजीकरण गर्नुपर्ने बताइन् । उनले आयोडिनयुक्त नुनको मूल्य समायोजन तथा ढुवानीका लागि बजेट सुनिश्चितता गर्नुपर्नेमा जोड दिइन् ।

बैठकमा समिति सदस्यहरूले दुर्गम क्षेत्रमा हुने नुनको अभाव हटाउन सरकारको ध्यानाकर्षण गराएका थिए । त्यस्तै उनीहरूले यसअघि बर्खायाममा रासायनिक मलको अभाव हुने गरेको भन्दै अहिले समयमा नै सहज आपूर्तिको तयारी गर्न समेत सुझाव दिएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ४ : ४० बजे

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा

करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट अवैध लागुऔषध