किसानलाई अनुदानमा मौरीको घार र हाते ट्याक्टर « Khabarhub

किसानलाई अनुदानमा मौरीको घार र हाते ट्याक्टर


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

दोलखा– बैतेश्वर गाउँपालिका-८ क्षेत्रपाका किसानलाई अनुदानमा मौरीको घार तथा खेतबारी जोत्ने मिनी हाते ट्याक्टर वितरण गरिएको छ ।

वडाले गाउँपालिका चालु वर्ष विनियोजित बजेट मार्फत किसानलाई मौरीघार तथा गत वर्षको देशभर फैलिएको लम्पिस्किन रोगको कारण गोरु मरेका किसानलाई खेतीपाती गर्न सहज होस् भन्ने उद्देश्यले  सामूहिक रूपमा प्रयोग गर्ने गरी ७ थान हाते ट्र्याक्टर अनुदानमा वितरण गरिएको वैतेश्वर गाउँपालिका-८ का वडा अध्यक्ष शान्तबहादुर जिरेल जानकारी दिए ।

वडा किसान ७ थान हाते ट्याक्टर र मौरीपालक किसानलाई ४८ थान घार वितरण गरेको उनले बताए ।

वडा नम्बर-८ मा मौरी पछिल्ला वर्षहरू मौरी पालनमा किसानहरू आकर्षित बन्दै गएकाले मौरी पालनलाई व्यवसायिक रूपमा विस्तार गर्ने उद्देश्यले चालु वर्ष ४८ वटा मौरीघार वितरण गरिएको अध्यक्ष जिरेलकाे भनाइ छ ।

त्यस्तै बर्खायाम लागेसँगै र गत वर्षको लम्पिस्किन रोगले पशु क्षति बेहोरेका क्षेत्रपाका स्थानीय किसानलाई  खेतीपाती लगाउन सहज होस भन्ने  उद्देश्यले ट्र्याक्टर वितरण गरिएको उनले जानकारी दिए ।

वडा नम्बर-८ मा गाउँपालिका तथा वडाले चालु वर्ष २० थान हाते ट्र्याक्टर वितरण गरिसकेको छ । यता गाउँपालिकाले चालु वर्ष नै अन्य ७ वटा वडाहरूमा पनि ७० वटा मौरी पालन गर्ने घार वितरण सुरु गरेको छ ।

गाउँपालिकाले किसानको मागलाई मध्यनजर गर्दै यस वर्ष वडा नम्बर-१ देखि ७ सम्म ७० वटा मौरीको घार वितरण गर्ने वैतेश्वर गाउँपालिकाको  कृषि शाखाले जनाएको छ।

– सुवास बस्नेत

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ५ : ०६ बजे

सुनसरीमा झडप: सुरक्षाकर्मीले ‘ताकी-ताकी’ गोली हानेको रास्वपा सांसदको आरोप

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नयाँ हटिया क्षेत्रमा

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

विश्वकप लिग-२ : आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु

अमेरिकी डलर १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्डको विनिमय दर पनि घटबढ

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय