रविविरुद्ध सडकबाट पनि कांग्रेसले मोर्चा खोल्यो, भ्रातृसंगठनले आन्दोलन थाल्ने | Khabarhub Khabarhub

रविविरुद्ध सडकबाट पनि कांग्रेसले मोर्चा खोल्यो, भ्रातृसंगठनले आन्दोलन थाल्ने


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै संसदीय समिति माग गर्दै आएको नेपाली कांग्रेसका भ्रातृसंगठनहरु सडक आन्दोलनमा उत्रिने भएका छन् ।

मातृपार्टीले संसद्भित्र आन्दोलन गरिरहेका बेला भ्रातृसंगठनहरुले जेठ १ गतेबाट सहकारीपीडितहरूको पक्षमा सडक आन्दोलनमा जाने घोषणा गरेका छन् ।

कांग्रेसका भ्रातृ संगठनहरु नेपाल महिला संघ र नेपाल तरुण दलले सहकारी पीडितको पक्षमा छुट्टाछुट्टै आन्दोलन तयारी गरेका हुन्। महिला संघले जेठ १ गते (मंगलबार) र तरुण दलले जेठ २ गते (बुधबार) सडकमा प्रदर्शन गर्ने घोषणा गरेका छन् ।

महिला संघले मंगलबार दिउँसो साढे १ बजे शान्ति बाटिकामा हुने विरोध र्यालीमा सहभागिताका लागि आह्वान गरेको छ ।

सहकारीका बचतकर्ताको बचत फिर्ता गराउन, सहकारी समस्यालाई दिगो रुपमा समाधान गर्न, सहकारीको रकम दुरुपयोग गरी अपचलन गर्ने सहकारी ठगहरुलाई छानबिनको दायरामा ल्याइ कानुनी कारबाही गर्न सरकारलाई दबाब दिन विरोध र्‍याली आयोजना गरिएको महिला संघले जनाएको छ ।

तरुण दलका अध्यक्ष विद्धान गुरुङले सहकारी पीडितको पक्षमा बुधबार माइतीघरबाट नयाँ बानेश्वरसम्म विरोध र्‍याली गरिने जानकारी दिए । उनले उपत्यकामा उपलब्ध केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको अनौपचारिक बैठकबाट विरोध प्रदर्शन गर्ने निर्णय गरिएको जानकारी दिए ।

 

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ५ : ३९ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित