स्ट्रिप च्याटमार्फत बालबालिकालाई यौनजन्य कार्यमा लगाएको आरोपमा महिला पक्राउ  « Khabarhub

स्ट्रिप च्याटमार्फत बालबालिकालाई यौनजन्य कार्यमा लगाएको आरोपमा महिला पक्राउ 


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


26.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्ट्रिप च्याटमार्फत बालबालिकालाई अश्लील यौनजन्य क्रियाकलापमा संलग्न गराउने व्यक्ति पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सिन्धुपलाचोकको पाँचपोखरी घर भई हाल काठमाडौंको माकलबारी बस्ने १९ वर्षीया अंजली अधिकारी रहेकी छन् ।

अधिकारीले आर्थिक हिसाबले विपन्न परिवारका बालबालिकाहरूलाई आर्थिक प्रलोभनमा पारी अनलाइन टाइपिङको रोजगारी लगाइदिने भन्दै सामाजिक संजालमा (स्ट्रिप च्याट: नि: शुल्क लाइभ सेक्स क्याम र नग्न केटीहरूसँग वयस्क कुराकानीमा) विभिन्न एकाउन्टहरू खोली सोही एकाउन्ट मार्फत लाइभ भिडियो च्याटमा बसी स्ट्रिप च्याटका ग्राहकसँग अश्लील कुराकानी गर्न लगाउने र बढी आम्दानी गर्नको लागि टाेकन अर्न गर्नुपर्ने र सोको लागी आफ्नो शरीरको कपडा खोली यौनाङगसमेत प्रदर्शन गरी अश्लील यौनजन्य क्रियाकलापमा संलग्न गराई अश्लील सामाग्री निर्माणमा प्रयोग गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरी टोलीले आइतबार  पक्राउ गरेको हो ।

उनलाई बालबालिका सम्बन्धी ऐन २०७५ को परिच्छेद ८ को दफा ३ बमोजिमको कसुर मुद्दामा आवश्यक कारबाहीको लागि प्रहरी परिसर टेकु काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ६ : १५ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा