स्ट्रिप च्याटमार्फत बालबालिकालाई यौनजन्य कार्यमा लगाएको आरोपमा महिला पक्राउ  « Khabarhub

स्ट्रिप च्याटमार्फत बालबालिकालाई यौनजन्य कार्यमा लगाएको आरोपमा महिला पक्राउ 


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


26.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्ट्रिप च्याटमार्फत बालबालिकालाई अश्लील यौनजन्य क्रियाकलापमा संलग्न गराउने व्यक्ति पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सिन्धुपलाचोकको पाँचपोखरी घर भई हाल काठमाडौंको माकलबारी बस्ने १९ वर्षीया अंजली अधिकारी रहेकी छन् ।

अधिकारीले आर्थिक हिसाबले विपन्न परिवारका बालबालिकाहरूलाई आर्थिक प्रलोभनमा पारी अनलाइन टाइपिङको रोजगारी लगाइदिने भन्दै सामाजिक संजालमा (स्ट्रिप च्याट: नि: शुल्क लाइभ सेक्स क्याम र नग्न केटीहरूसँग वयस्क कुराकानीमा) विभिन्न एकाउन्टहरू खोली सोही एकाउन्ट मार्फत लाइभ भिडियो च्याटमा बसी स्ट्रिप च्याटका ग्राहकसँग अश्लील कुराकानी गर्न लगाउने र बढी आम्दानी गर्नको लागि टाेकन अर्न गर्नुपर्ने र सोको लागी आफ्नो शरीरको कपडा खोली यौनाङगसमेत प्रदर्शन गरी अश्लील यौनजन्य क्रियाकलापमा संलग्न गराई अश्लील सामाग्री निर्माणमा प्रयोग गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरी टोलीले आइतबार  पक्राउ गरेको हो ।

उनलाई बालबालिका सम्बन्धी ऐन २०७५ को परिच्छेद ८ को दफा ३ बमोजिमको कसुर मुद्दामा आवश्यक कारबाहीको लागि प्रहरी परिसर टेकु काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ६ : १५ बजे

संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागेका हौँ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले संविधान र

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ