रुसको एक आवासीय भवनमा आक्रमण हुँदा १५ जनाको मृत्यु « Khabarhub

रुसको एक आवासीय भवनमा आक्रमण हुँदा १५ जनाको मृत्यु


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसको दक्षिणपश्चिमी शहर बेलगोरोडमा सोमबार दश तले आवासीय अपार्टमेन्ट भवनमा आक्रमण हुँदा १५ जनाको मृत्यु भएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार आइतबार भएको ‘युक्रेनी आक्रमण’ पछि  सो भवन ढलेको हो । 

यसअघि बेलगोरोड र यसका उपनगरहरूमा आइतबार युक्रेनी सशस्त्र बलले ठूलो गोलाबारी गरेको थियो । खसालिएको टोच्का–यू सामरिक मिसाइलका टुक्राहरूले आवासीय भवनलाई क्षति पुर्‍याउँदा भवनको एउटा भाग ढलेको स्रोतले जनाएको छ ।  

यसैगरी रुसको दक्षिणपश्चिमी शहर बेलगोरोडमा आंशिकरूपमा ध्वस्त भएको आवासीय अपार्टमेन्ट भवनमा खोजी र उद्धार कार्य सम्पन्न भएको रूसी आपतकालीन मन्त्रालयका प्रवक्ताले बताए। उनका अनुसार १७ जनाको भग्नावशेषबाट उद्धार गरिएको थियो भने भग्नावशेषमुनिबाट १५ जनाको शव निकालिएको थियो ।  

यसअघि आपतकालीन मन्त्रालयले दुई बच्चासहित १२ जनालाई घटनास्थलबाट उद्धार गरिएको बताएको थियो । बेलगोरोडका गभर्नर व्याचेस्लाभ ग्ल्याडकोभले टेलिग्राममा पोस्ट गरेको भिडियोमा ठुलो प्वाल भएको भवन ढलेको देखाइएको छ ।

युक्रेनी सेनाले गरेको ‘बृहत् बम विस्फोट’ को निन्दा गर्दै उहाँले आवासीय भवनमा प्रत्यक्ष गोलाबारीपछि। दशौँतलादेखि भुइँतलासम्मको सम्पूर्ण प्रवेशद्वार ढलेको बताए ।

रूसी रक्षा मन्त्रालयले सामाजिक सञ्जालमा भवनमा टोच्का-यू टीआरसी मिसाइलको टुक्रा खसेको बताएको थियो । 

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ६ : १५ बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको