मनसुनजन्य विपद्को पूर्वतयारी आवश्यक : मन्त्री बस्नेत « Khabarhub

मनसुनजन्य विपद्को पूर्वतयारी आवश्यक : मन्त्री बस्नेत


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मनसुनजन्य विपद् व्यवस्थापनका लागि मौसम पूर्वानुमानविपद्जन्य पूर्वसूचना प्रणालीलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन् । 

जल तथा मौसम विज्ञान विभागले आज सरदरभन्दा बढी वर्षाको आँकलन गरिएको तथ्यांक सार्वजनिक गरेको छ । सोही कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले पूर्वतयारी जोड दिएका हुन् । 

उनले जलवायु परिवर्तनका कारण मनसुनजन्य घटना बढिरहेको र यसको क्षति न्यूनीकरण गर्न पूर्वसूचना प्रणालीलाई भरपर्दो बनाइने बताए । विभागले यसवर्ष सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशतसम्म रहेको तथ्यांक सार्वजनिक गरेको छ ।

 मन्त्री बस्नेतले आगामी मनसुनमा विपद्जन्य घटना बढ्न सक्ने भएकाले सतर्कता अपनाउन निर्देशन दिए। 

मन्त्री बस्नेतले  विपद्का पूर्वसूचना प्रणाली व्यवस्थित बनाउन प्रतिक्रिया लिने र सो प्रतिक्रियाको आधारमा नीति तथा योजना तर्जुमा गर्न विभागलाई निर्देशन दिएका छन्  । मनसुनजन्य विपद्बाट हुने सम्भावित क्षति न्यूनीकरणका उपाय अवलम्बन गर्न कुनै कसर बाँकी नराख्ने मन्त्री बस्नेतको भनाई छ । 

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ६ : ३८ बजे

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,