मिथुनको पहिलो ‘ब्रेकअप’ : जब धोका दिएकी युवतीले रुँदै माफी मागिन् | Khabarhub Khabarhub

मिथुनको पहिलो ‘ब्रेकअप’ : जब धोका दिएकी युवतीले रुँदै माफी मागिन्


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तपाईं हामीमाझ परिचित बलिउड नायक मिथुन चक्रवतीका करोडौं समर्थक छन् । ७३ वर्ष पुगेका मिथुन बलिउडमा उदाउँदै गर्दा झनै ठूलो ‘फ्यान फलोइङ’ थियो । उनीप्रति आकर्षित हुने युवा–युवतीको पंक्ति लाखौँ थियो ।

मिथुनले यो सबै उपलब्धि बलिउड नायकका रुपमा स्थापित भएपछि पाएका हुन् । करोडौं युवतीको आकर्षण बन्न सफल उनले बलिउडको सुरुवातीमा संर्घषका क्रममा एकजनाबाट धोका पाएको किस्सा सुनाएका छन् । उक्त धोका उनले पहिलो प्रेमिकाबाट पाएका थिए ।

संघर्षका क्रममा मिथुनलाई धोका दिएकी युवतीले ‘स्टार’ बनेपछि रुँदै माफी मागेको प्रसंग उनले सुनाएका हुन् । भर्खरै उनी चर्चित टेलिभिजन कार्यक्रम ‘सारेगमप’मा पुगेका थिए । त्यहाँ उनले पहिलो प्रेमकहानी सुनाए ।

ती युवतीले साथ छोड्दा भावनात्मक पीडाबाट गुज्रेको उनले बताए । तर सुपरस्टार बनेपछि ती युवतीसँग यात्राका क्रममा जहाजमा भेट्दाको रोचक कथा उनले त्यहाँ सुनाए ।

‘उनी टाढा हेर्दै थिइन् । मलाई लाग्यो उनी आफूलाई दोषी महसुस गरिरहेकी छन् । म उठेर उनीतर्फ गएर भने– तिमीले त्यो बेला जे गर्यौं‍ ठीक थियो,’ उनले थपे, ‘खराब समयमा रहेको मानिसलाई छोड्ने तिम्रो निर्णय ठीक थियो ।’

आफ्नो कुरा सुनेपछि लामो समयपछि भेटेकी ती युवती रोएकी मिथुनले बताए । ती युवतीले रुँदै भनेकी थिइन्, ‘मैले गल्ती गरेँ । त्यसबेला तिमीलाई त्यस्तो गर्नु हुँदैनथ्यो ।’

ती युवतीको कुरा सुनेपछि, ‘तिम्रो त्यही धोकाले म सुपरस्टार बनेँ’ भन्ने जवाफ फर्काएको उनले दर्शकहरूलाई सुनाए ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ७ : १० बजे

नवराज सुवेदीको तर्क- राप्रपा छोड्छु भनेकै थिइनँ, लिङ्देन स्वेच्छाचारी हुन थाले

काठमाडौं- राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफूलाई

‘दुखी आत्मा’को असफतापछि ‘मुनामदनको ब्रेकअप’ निर्देशन गर्दै दीपेन्द्र, हिरो राज कटुवाल

काठमाडौं – दीपेन्द्र लामाको निर्देशनमा फिल्म ‘मुनामदनको ब्रेकअप’ बन्ने भएको

प्रधानमन्त्रीबाट मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति

नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको

अक्षय कुमारलाई टेलिप्रम्प्टरको भर, संवाद पढेको भिडियो भाइरल

काठमाडौं– चर्चित बलिउड अभिनेता अक्षय कुमार फेरि एकपटक विवादमा फसेका