राप्रपा नेपालको केन्द्रीय समिति बैठक आजदेखि « Khabarhub

राप्रपा नेपालको केन्द्रीय समिति बैठक आजदेखि


३१ जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समिति बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय हाँडीगाउँमा बस्ने बैठकमा केन्द्रीय कार्य सम्पादन समितिले तयार गरेको पार्टीको राजनीतिक कार्यपत्र र प्रतिवेदनहरू पेश हुने बताइएको छ । हिजो बसेको केन्द्रीय कार्यसम्पादन समितिले प्रतिवेदन तयार पारेको हो ।

बैठकमा अध्यक्ष कमल थापाको राजनीतिक कार्यपत्र, महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीको आर्थिक प्रतिवेदन, सुशासन विभाग प्रमुख राजन चौलागाईंद्वारा  प्रस्तुत भ्रष्टाचार निवारण नागरिक आयोग सम्बन्धी राप्रपा नेपालको अवधारणा पत्र पेश गरिने छ ।

यस्तै, विजय महासेठद्वारा प्रस्तुत तराई–मधेस उत्थानको निम्ति राप्रपा नेपालको कार्ययोजना र उपाध्यक्ष डाक्टर विष्णु भण्डारीले कृषि विकास र भूमि व्यवस्थापन सम्बन्धी पार्टीको वैकल्पिक मोडल सम्बन्धी प्रस्तावमा पेश गर्ने तयारी छ । । बैठक भोलिसम्म चल्नेछ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहिबार  ७ : ३९ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल