पाकिस्तानको तक्षशीलामा लुटपाटका घटना बढ्दै « Khabarhub

पाकिस्तानको तक्षशीलामा लुटपाटका घटना बढ्दै


३१ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌– पाकिस्तानको तक्षशीलामा लुटपाटका घटना बढ्न थालेको भन्दै स्थानीयहरुले चक्काजाम गरेका छन् ।

तक्षशीलामा लुटपाट र हिंसाका घटना बढ्दै गएपनि सरकारले सुरक्षा प्रदान गर्न नसकेको भन्दै स्थानीयहरुले तक्षशीला–खानपुर सडकखण्डमा चक्काजाम गरेका हुन् ।

पछिल्लो समय तक्षशीला र वाह क्षेत्रमा मोटरसाइकलमा सवार गुण्डाहरुले लुटपाट र हिंसा मच्चाउँदै आएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ ।

हालैमात्र मोटरसाइकलमा सवार दुई लुटेराले तक्षशीला–खानपुर सडकखण्डमा रहेको एउटा बेकरीमा लुटपाट मच्चाएर फरार भएका थिए ।

नकाब लगाएका ती लुटेराले पीडितको मोबाइल, पैसा र गरगहना लुटेर भागेका थिए । प्रहरीलाई खबर गर्दा घण्टौँसम्म पनि प्रहरी घटनास्थल नआएको पीडितको भनाइ छ ।

लुटपाटको विरोधमा स्थानीयहरुले सडकमा सवारी तेर्स्याएर चक्काजाम गरेका हुन् । चक्काजामका कारण यात्रुले सास्ती खेप्नुपरेको डनले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  ८ : २० बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित