युरोकपको १७औँ संस्करण भोलिदेखि « Khabarhub

युरोकपको १७औँ संस्करण भोलिदेखि


३१ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोकपको १७औँ  संस्करण भोलिदेखि सुरु हुँदैछ । मिनी फुटबल विश्वकप भनिने युरोकप यस पटक जर्मनीले आयोजना गर्दैछ ।

युरोपका २४ देशले भाग लिने यो प्रतियोगिता जर्मनीका विभिन्न १० स्टेडियममा खेलाइने छ ।

युरोकपको डिफेन्डिङ च्याम्पियन इटाली हो । इटालीले २०२० मा सम्पन्न फाइनल खेलमा इंग्ल्याण्डलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै दोस्रो पटक उपाधि जितेको थियो ।

युरोकप उपाधि इतिहास यस्तो छ–

अहिलेसम्म १६ पटक सम्पन्न यो प्रतियोगिताको सबै भन्दा धेरै उपाधि जर्मनी र स्पेनले जितेका छन् ।

जर्मनी र स्पेनले ३–३ पटक युरोकप जितेका छन् । जर्मनीले १९७२, १९८० र १९९६ मा र स्पेनले १९६४, २००८ र १०१२ मा युरोकप जितेका थिए ।

त्यस्तै इटाली र फ्रान्सले २–२ पटक युरोकपको उपाधि जितेका छन् । इटालीले १९६८ र २०२० मा युरोकप जितेको थियो भने फ्रान्सले १९८४ र २००० मा युरोकप जितेको थियो

त्यस्तै १९७६ को युरो कपको उपाधि चेकोस्लोभाकियाले जितेको थियो पछि विभाजन भएर चेक रिपब्लिक र स्लोभाकिया बनेपछि अहिले दुवै देशलाई १९७६ को युरोको विजेता मानिन्छ ।

यसैगरी, रसियाले १९६०, पोर्चुगलले २०१६, नेदरल्याण्डसले १९८८, डेनमार्कले १९९२ र ग्रिसले २००४ को युरोकपको उपाधि जितेका थिए ।

इंग्ल्याण्ड सन् २०२० मा उपविजेता बने पनि अहिलेसम्म युरोकप जित्न सकेको छैन भने बेल्जियम १९८० मा उपविजेता बनेको थियो ।

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  १० : ४२ बजे

‘जेन-जी’ आन्दोलनमा रौतहट कारागारबाट भागेका कैदी पोखरामा पक्राउ

गण्डकी– गत भदौ २४ गतेको ‘जेन-जी’ आन्दोलनका क्रममा रौतहट कारागारबाट

बुटवल–नारायणगढ सडक : पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

मध्यविन्दु– बुटवल–नारायणगढ सडक विस्तार आयोजनाअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीवासस्थित विनयी खोलामा

सरकारी अस्पतालमा दुई दिन बिदा कायम, आकस्मिक सेवा २४ सै घण्टा

काठमाडौं– सरकारी अस्पतालहरूको ओपीडी सेवा अब शनिबार र आइतबार बन्द

प्रहरी निरीक्षक लामाको अन्त्येष्टिमा पुगे गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ प्रहरी निरीक्षक अभय लामाको अन्त्येष्टिमा सहभागी

एमालेले ठूलो धक्का व्यहोरेको छ, नेतृत्व परिवर्तनबारे छलफल गर्न पाएको छैन : विष्णु पौडेल

काठमाडौं- फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा धक्का व्यहोरेको नेकपा