उपभोक्तालाई मौरीसहितको घार वितरण « Khabarhub

उपभोक्तालाई मौरीसहितको घार वितरण


३१ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

खोटाङ– डिभिजन वन कार्यालय खोटाङले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका उपभोक्तालाई मौरीसहितको घार उपलब्ध गराएको छ ।

जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजना (डिसिआरएल)सँगको सहकार्यमा सञ्चालित ‘वनमा आधारित उद्यम प्रवर्द्धन’ कार्यक्रम अन्तरगत जालपामा गठित मधुश्री मौरीपालन तथा विषादिरहित फलफूल उत्पादक किसान समूहमा आवद्ध १७ घर स्थानीय उपभोक्तालाई डिभिजन वन कार्यालयले एक/एक घार मौरीसहितको तथा चार–चार वटा खाली घार उपलब्ध गराएको हो ।

जालपाका स्थानीय उपभोक्तालाई मौरी पालन सम्बन्धी पाँच दिने तालिमसमेत दिएर मौरीसहितको एक–एक वटा तथा खाली चार–चार वटा घार निःशुल्क उपलब्ध गराइएको डिभिजन प्रमुख पशुपति दाहालले जानकारी दिए ।

जालपाका स्थानीय उपभोक्ताका लागि झापाको बिर्तामोडबाट प्रति घार सेरेना जातको मौरीसहितको दश हजारका दरले खरिद तथा ढुवानी गरेर बुधबार वितरण गरिएको डिभिजन प्रमुख दाहालले जानकारी दिए । खाली घार प्रतिगोटा पाँच हजार १०० का दरले खरिद गरेर १७ घर स्थानीय उपभोक्तालाई चार–चार घारका दरले निःशुल्क उपलब्ध गराइएको जनाइएको छ ।

व्यावसायिक मौरीपालनका लागि डिभिजन वन कार्यालयले निःशुल्क उपलब्ध गराएको मौरीसहितको घार तथा तालिमले आफूहरू उत्साहित भएको मधुश्री मौरीपालन तथा विषादिरहित फलफूल उत्पादन किसान समूहका सचिव बमबहादुर राईले बताए ।

डिसिआरएलसँगको सहकार्यमा यसवर्ष वनमा आधारित उद्यम प्रवर्द्धन कार्यक्रमअन्तर्गत अल्लो कपडा तथा सुगन्धित तेल उत्पादनसम्बन्धी कार्यक्रमसमेत सञ्चालन गरिने डिभिजन वन कार्यालय खोटाङले जनाएको छ ।

तीनवटै शीर्षकका योजनाका लागि प्रति योजना पाँच लाख ६३ हजारका दरले उपभोक्तालाई बजेट उपलब्ध गराइने डिभिजन प्रमुख दाहालले जानकारी दिए ।

डिभिजन वन कार्यालयले डिसिआरएलसँगकै सहकार्यमा यसवर्ष जिल्लाका विभिन्न दशवटा सामुदायिक वनमा रिचार्ज पोखरीसमेत निर्माण गरिरहेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  १२ : ३६ बजे

एमाले संसदीय दलको उपनेतामा अर्याल मनोनित

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको उपनेतामा पार्टीका सचिव

फलेवास नगरपालिकाले आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह गर्दै

पर्वत– सङ्घीयता कार्यान्वयनमा आएको एक दशकपछि यहाँको फलेवास नगरपालिकाको भवन

यूएईले अमेरिकासँग मिलेर इरानमामाथि गरेको थियो हमला !

यूएई- संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमा गोप्य सैन्य हमला

इरानले आफ्ना विमान पाकिस्तान र अफगानिस्तानका एयरपोर्टमा लुकाएको खुलासा

तेहरान- पाकिस्तानले अमेरिका-इरान द्वन्द्वको समयमा इरानी सैन्य विमानहरूलाई आफ्नो एयरबेसमा

शुक्लाफाँटामा क्षयरोगीको खोजपडताल गर्न ‘एआई’ को प्रयोग

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा ‘एआई’प्रविधिमा आधारित पोर्टेबल एक्स–रे मेसिनमार्फत निःशुल्क