ताप्लेजुङमा बाढी : पुल र बाटो बगाउँदा यातायात अवरुद्ध, तमोर नदीमा बन्यो ड्याम | Khabarhub Khabarhub

ताप्लेजुङमा बाढी : पुल र बाटो बगाउँदा यातायात अवरुद्ध, तमोर नदीमा बन्यो ड्याम


३१ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- बुधबारदेखि भित्रिएको मनसुनका कारण पूर्वी नेपालमा भारी मात्रामा वर्षात् भइरहेको छ ।

वर्षात्का कारण ताप्लेजुङसहितका पहाडी जिल्लामा बाढी आउन थालेको छ ।

ताप्जेजुङको फक्ताङ्लुङ-५ तापेथोकस्थित सिंसावाखोलामा बाढी आउँदा फुङ्लिङ नगरपालिका र फक्ताङ्लुङ गाउँपालिकाको केन्द्र जोड्ने तमोर करिडोर सडक अवरुद्ध भएको छ ।

यो खोलामा आएको बाढीका कारण केही काठे पुल र बाटो पनि बगाएको छ । बाढीका कारण मानवीय क्षति भने भएको छैन ।

सिंसावा खोलामा आएको बाढी तमोर नदीमा मिसिएपछि करिडोरसमेत ढाकिने गरी ड्यामको आकारमा पानी जम्मा भएको छ ।

तर तमोर नदीबाट पानीको निकास नरोकिएकाले ड्यामको जोखिम भने कम रहेको स्थानीयले बताएका छन् ।

सिंसावा खोलाको बाढीले बनेको ड्यामका कारण तापेथोक बगरस्थित प्रहरी चौकी, स्वास्थ्य चौकी र सर्वसाधारणका घर डुब्ने जोखिम भने छ ।

तापेथोक प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक सुरज सिंजालीले सिसावाको बाढीका कारण भएको क्षतिको विवरण नआइसकेको बताए ।

बाढी आएर अहिले तमोर करिडोर अन्तर्गतको फक्ताङ्लुङ गाउँपालिका प्रवेश गर्ने सबै सवारी साधनको आवतजावत बन्द भएको छ ।

गएरातिको बाढीले हाइड्रोले निर्माण गर्दै गरेको मोटरेबल पुलको जगसमेत बगाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  १ : ०० बजे

देश र जनताको समस्या समाधान हुनुपर्छ : सांसद सुवाल

काठमाडौँ– नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारमा जाने

प्रधानमन्त्रीको जवाफ- मैले धेरै हन्डर र ठक्कर खाएँ, डेढ वर्षमा चमत्कार गरेँ भन्दिनँ

  काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले आवेश र

सरकार परिवर्तन स्वाभाविक संसदीय अभ्यास हो : अशोककुमार राई

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य अशोककुमार

प्रचण्डलाई राजकिशोरको सुझाव : तपाईंले आत्मसमीक्षा गर्ने बेला आयो

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का सांसद राजकिशोर

सिन्धुलीमा भएको सवारी दुर्घटनामा ११ जना घाइते

सिन्धुली– सिन्धुली जिल्लाको गोलान्जोर गाउँपालिका–७ स्थित मरीन डाईभर्सन ईलाकामा सर्लाहीबाट