कुवेतको आगलागीमा करिब ४० भारतीयको मृत्यु, ५० भन्दा बढी घाइते « Khabarhub

कुवेतको आगलागीमा करिब ४० भारतीयको मृत्यु, ५० भन्दा बढी घाइते


३१ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुवेतको मङ्गाफ क्षेत्रमा रहेको श्रम आवास केन्द्रमा बुधबार आगलागी हुँदा करिब ४० जना भारतीयको मृत्यु हुनुका साथै ५० जनाभन्दा बढी घाइते भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । 

घाइते भएका व्यक्तिहरूलाई कुवेतका पाँचवटा सरकारी अस्पताल अदान, जाबेर, फरवानिया, मुबारक अल कबीर र जाहरा अस्पतालमा उपचारका लागि राखिएको छ। अस्पतालका अधिकारीहरूले अधिकांश घाइतेहरूको अवस्था सामान्य रहेको जनाएको छ । 

‘दूतावासले सम्बन्धित कुवेती अधिकारी र कम्पनीबाट घटनाको पूर्ण विवरणहरू प्राप्त गरिरहेको छौँ । हामी शोकाकुल परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दछौं’, विदेश मन्त्रालयले बुधबार राति जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

‘दूतावासले यस दुर्भाग्यपूर्ण घटनामा घाइते भएका भारतीय नागरिकहरूलाई सबै सम्भव सहयोग प्रदान गर्न स्थानीय अधिकारीहरूसँग समन्वय जारी राखेको छ’, दूतावासले कुवेतका अधिकारीहरूबाट पूर्ण सहयोग प्राप्त गरिरहेको उल्लेख गर्दै विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

‘प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा, राज्यमन्त्री कीर्तिवर्धन सिंह हाल कुवेतको यात्रामा छन्। उनले तुरुन्तै शव फिर्ता र घाइतेहरूलाई चिकित्सा सहायताको लागि काम गरिरहनु भएको छ,’ विज्ञप्तिमा भनिएको छ । 

यसैबीच, कुवेतमा रहेको भारतीय दूतावासले घटनामा प्रभावितहरूलाई राहत प्रदान गर्न स्थानीय अधिकारीहरूसँग सम्पर्कमा रहेको छ । 

दूतावासले पीडित परिवारका सदस्यहरूलाई सम्पर्क गर्न हेल्पलाइन  (व्हाट्सएप र नियमित कल) स्थापना गरेको छ । हेल्पलाइनमार्फत नियमित अपडेट प्रदान गरिँदैछ । 

यसअघि कुवेतमा आगलागीको खबर आएपछि प्रधानमन्त्री मोदीले समीक्षा बैठकको अध्यक्षता गर्दै मृतक भारतीय नागरिकका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए ।  

प्रधानमन्त्री मोदीले यस दुर्भाग्यपूर्ण घटनामा गहिरो दुःख व्यक्त गर्दै मृतकको परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै भारत सरकारबाट सबै सम्भव सहयोगको आश्वासन दिएका छन् । 

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  ३ : ३५ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा