मनसुन पूर्वमै रोकिँदा उखरमाउलो गर्मी (तस्बिरहरू) « Khabarhub

मनसुन पूर्वमै रोकिँदा उखरमाउलो गर्मी (तस्बिरहरू)



काठमाडौं- लामो समयदेखि पानी नपर्दा देशका विभिन्न स्थानमा गर्मीले नयाँ नयाँ रेकर्ड बनाउन थालेको छ ।

देशका उच्च गर्मी हुने स्थानमा गर्मीले जनजीवन अस्तव्यस्त भइरहेका बेला काठमाडौं उपत्यकामा पनि त्यसको असर देखिएको छ ।

बुधबारदेखि पूर्वी नेपालबाट भित्रिएको मनसुन मध्यनेपाल र  उपत्यकासम्म नआइपुग्दा गर्मीले एकपछि अर्को रेकर्ड बनाएको छ ।

पूर्वी नेपालका ताप्लेजुङ र पाँचथरमा मनसुनी वर्षातले विनाश निम्त्याउँदै गर्दा काठमाडौं उपत्यकामा भने गर्मीले ९ वर्षअघिको रेकर्ड तोडेको छ ।

जलवाष्पयुक्त वायु काठमाडौंको वायुमण्डलमा कम हुँदा ठूलो र लामो अवधिसम्म वर्षा भएको छैन । त्यहीकारण काठमाडौंको अधिकतम् तापक्रम बुधबार ३४.४ डिग्री सेल्सियस मापन भएको छ ।

यो वर्ष काठमाडौंमा सबैभन्दा बढी तापक्रम जेठ ११, १७ र २८ मा समान ३४.४ डिग्री सेल्सियस मापन भएको छ ।

उच्च गर्मीका कारण काठमाडौंमा चिसो पेय पदार्थहरूको बिक्री ह्वात्तै बढेको छ । सडकमा निस्किने यात्रुले अनिवार्य छाता प्रयोग गरिरहेका छन् ।

उच्च गर्मीकै कारण बुधबार साँझ देशभर बिजुलीको माग २ हजार मेगावाटभन्दा माथि पुगेको थियो ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् गोविन्द झाका अनुसार काठमाडौँ उपत्यकामा स्थानीय वायुको प्रभावले आज अपराह्नतिर केही स्थानमा छिटपुट वर्षा हुने सम्भावना छ ।

यद्यपि उनका अनुसार तापक्रम उच्च नै रहिरहने छ । पूर्वी नेपालबाट मनसुन भित्रिन अझै केही दिन लाग्नेछ । शनिबारदेखि उपत्यकामा आंशिक बदली भएर राहत दिने अनुमान छ ।

 

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  ४ : १३ बजे

अमेरिकाको चेतावनी : नेपालमा अचानक प्रदर्शन हुन सक्छ, सचेत रहनू

काठमाडाैँ– अमेरिकी विदेश मन्त्रालयले नेपालमा यात्रा गर्ने आफ्ना नागरिकलाई विशेष

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

मुस्ताङ– जिल्लाको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’

म्याग्दीको रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन सुरु गरेका

‘डीएनए’ नमूना सङ्कलनपछि २८० शव व्यवस्थापन

चितवन– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी

सुदूरपश्चिममा गौरा पर्व सुरु, घरघरमा बिरुडा राखिँदै

डडेल्धुरा– सुदूरपश्चिमको जीवन्त मौलिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु