हवाई उडानका लागि उड्डयन मौसम सेवा महत्वपूर्ण छ : मन्त्री बस्नेत « Khabarhub

हवाई उडानका लागि उड्डयन मौसम सेवा महत्वपूर्ण छ : मन्त्री बस्नेत


३१ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले हवाई  उडानका लागि उड्डयन मौसम सेवा  अति आवश्यक र महत्वपूर्ण रहेको बताएका छन् । 

जल तथा मौसम विज्ञान विभागले आज आयोजना गरेको सुरक्षित हवाई  उडानका लागि उड्डयन मौसम सेवाको महत्वसम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले सुरक्षित हवाई  उडानका लागि उड्डयन मौसम सेवा निकै प्रभावकारी भएकाले यसको थप विस्तार गरेर अगाडि बढाउनुपर्नेमा जोड दिए।

उनले भने, ‘हाम्रो भूगोल हिमाल, पहाड, तराई रहेका छन्, सुरक्षित उडानका लागि उड्डयन मौसम सेवाको निकै आवश्यकता छ, नागरिक उड्डयन प्राधिकरणसँगको सहकार्यमा यसलाई थप अगाडि बढाउनुपर्छ ।’ 

उनले सुरक्षित हवाई  उडानका लागि उड्डयन मौसम सेवाको क्षमता विकास र विस्तारमा मन्त्रालयले गर्नुपर्ने आवश्यक सहयोगका लागि सधैँ तयार रहेको र उक्त क्षेत्रमा सबै निकायबाट सहयोगको खाँचो रहेको बताए ।

सोही कार्यक्रममा मौसम विज्ञान विभागका महानिर्देशक डा जगदीश्वर कर्माचार्यले सुरक्षित हवाई  उडानका लागि उड्डयन मौसम सेवाले एयरलाइन्सको उडानदेखि अन्य वर्षात्का बारेमा पनि जानकारी दिने भएकाले यो सेवा प्रभावकारी रहेको स्पष्ट पारे। 

कार्यक्रमका अधिकांश वक्ताहरूले मौसमका विषयमा जानकारी दिनेदेखि हवाई  उडानका लागि उड्डयन मौसम सेवाको थप क्षमता विकास गर्नु आजको आवश्यकता रहेको धारणा राखेका थिए । 

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  ६ : ३२ बजे

लहानमा सडक विस्तारले गति लिँदै

सिरहा- सिरहाको लहान बजार क्षेत्रमा सडक विस्तारको काम तीव्र पारिएको

सामाजिक सञ्जालमा बिरामीको गोपनीयता नखुलाउन मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं- नेपाल मेडिकल काउन्सिल (एनएमए) ले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सामाजिक

प्रधानमन्त्री बालेनको पुरानो र्‍याप भिडियोविरुद्ध साइबर ब्यूरोमा उजुरी

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को पुरानो र्‍याप भिडियोलाई लिएर

तीन लाखले भ्रमण गरे प्रथम रौता पर्यटन महोत्सव

गाईघाट (उदयपुर)- उदयपुरको रौतामाई गाउँपालिकाको ऐतिहासिक तथा धार्मिकस्थल रौतामा सञ्चालन

पछिल्लो २४ घण्टामा देशभर विपदका २९ घटना, एक जनको मृत्यु, दुई बेपत्ता

काठमाडौं- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा २९ वटा विपद्का