भारतको राष्ट्रिय सुरक्षा सल्लाहकारमा पुनः अजित डोभाल | Khabarhub Khabarhub

भारतको राष्ट्रिय सुरक्षा सल्लाहकारमा पुनः अजित डोभाल


३१ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा अजीत डोभाललाई फेरि एकपटक राष्ट्रिय सुरक्षा सल्लाहकार बनाइएको छ ।

बिहीबार पूर्व प्रहरी अधिकारी समेत रहेका डोभाललाई तेस्रो पटक राष्ट्रिय सुरक्षा सल्लाहकारको रूपमा नियुक्त गरिएको हो।

प्रधानमन्त्रीमा नरेन्द्र मोदीको शपथ ग्रहणपछि डोभालको जिम्मेवारी कसले पाउला भन्ने चासो थियो । तर, मोदीले डोभालमाथि नै विश्वास व्यक्त गरेका छन् ।

 सन् २०१४ मा सत्तामा आएपछि प्रधानमन्त्री मोदीले डोभाललाई पहिलो पटक राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेका थिए । २०१९ मा उनी फेरि यो पदमा पाँच वर्षका लागि नियुक्त भएका थिए ।

पछिल्लो दशकमा डोभालले मोदी सरकारको कार्यकालमा धेरै महत्त्वपूर्ण कामहरू गरेका छन् । 

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  ७ : १० बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई