रूसी कूटनीतिज्ञको आवागमन रोक्न पत्राचार « Khabarhub

रूसी कूटनीतिज्ञको आवागमन रोक्न पत्राचार


३१ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोपेली सङ्घ (इयु)का आठ देशका विदेश मन्त्रीहरूले समूहको विदेश नीति प्रमुखलाई पत्राचार गर्दै सेन्जेन क्षेत्रमा रूसी कूटनीतिज्ञको आवागमन रोक्न आग्रह गरेका छन् ।  

उनीहरूले भिसा–मुक्त सेन्जेन क्षेत्रमा रूसी कूटनीतिक राहदानी धारकको स्वतन्त्र आवागमनले ‘घातक गतिविधिलाई सुविधा दिएको दाबी गर्दै मस्कोले इयुभित्र विभाजन रोप्ने प्रयासहरू बढाइरहेको चिन्ता व्यक्त गरेका छन् ।

रूसी कूटनीतिक मिसनका सदस्य र उनीहरूका परिवारका सदस्यको आवागमनलाई उनीहरूको मान्यता प्राप्त राज्यको क्षेत्रमा मात्र प्रतिबन्धित गर्नुपर्ने विश्वास ती मन्त्रीले व्यक्त गरेका छन् । विदेश नीति प्रमुखलाई पठाएको पत्रमा चेक, डेनिस, डच, एस्टोनियन, लाटभियन, लिथुआनियाली, पोलिश र रोमानियाली मन्त्रीहरूले जुन ११ हस्ताक्षर गरेका हुन् ।

प्रस्तावित उपायले ‘रूसी ‘एजेन्ट’हरूका लागि आवागमन गर्ने ठाउँलाई सङ्कुचित गर्ने उनीहरूले जनाएका छन् । फेब्रअरी २०२२ मा युक्रेनमा रुसी आक्रमण सुरु भएदेखि युरोपेली सङ्घका देशहरूले आफ्नो भूमिमा रूसी कूटनीतिज्ञको सङ्ख्या उल्लेख्य रूपमा घटाएका छन् । 

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  ७ : ३५ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण