सदस्यता बिवादबारे महासंघले जबरजस्ती गरे आन्दोलन गर्ने चेतावनी « Khabarhub

सदस्यता बिवादबारे महासंघले जबरजस्ती गरे आन्दोलन गर्ने चेतावनी


३१ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल पत्रकार महासंघको सदस्यता विवाद नसुल्झिएकोमा नेपाल प्रेस युनियनले गम्भीर चिन्ता व्यक्त गरेको छ ।

सदस्यताको विवाद समाधान नगरी सदस्यताको नामावली सार्वजनिक गरेर जबरजस्ती ढंगले एकपक्षीय रूपमा निर्वाचन प्रक्रिया अघि बढाए अस्वीकार गरेर आन्दोलनमा जाने प्रेस युनियनले घोषणा गरेको छ ।

प्रेस युनियनका अध्यक्ष शिव लम्सालले आज एक विज्ञप्ति प्रकाशित गरी प्रेस युनियन अधिकतम लचिलो हुँदा पनि सम्बन्धित पक्ष जिम्मेवार नभएको जनाएका छन् । महासंघकै शाखा र प्रदेश समितिले पठाएको नामावलीलाई आधार मानेर छुटेका सक्रिय पत्रकारलाई महासंघको विधि र प्रक्रिया अनुसारसदस्यता टुंग्याएर अन्तिम मतदाता नामावली सार्वजनिक गरी निर्वाचन प्रक्रिया अघि बढाउन अध्यक्ष लम्सालले आग्रह गरेका छन् ।

महासंघका शाखा र प्रदेशले पठाएका सदस्यको नाम केन्द्रीय नेतृत्वले हटाएर अमुक सङ्गठनमा आस्था राख्नेलाई सहयोग पुग्ने गरी विधि र प्रक्रिया विपरीत आफूखुशी केन्द्रबाट सदस्यको नाम थपेर गैरपत्रकारलाई सदस्यता दिई सूची तयार गरेका कारण यो अवस्था सिर्जना भएको युनियनले जनाएको छ ।

महासंघको विधान अनुसार सदस्यता विवाद सुल्झाएर थप गरिएको मितिमा निर्वाचन सुनिश्चित गर्ने वातावरण तयार गर्न नेपाल पत्रकार महासंघको नेतृत्व लगायत पत्रकार सम्बद्ध सबै पेशागत संस्थाहरूलाई अध्यक्ष लम्सालले अपिल गरेका छन् ।

पूर्व निर्धारित मितिमा निर्वाचन हुन नसकेकोमा युनियन दुःख व्यक्त गर्दै पछिल्लो पटक निर्धारण गरिएको मितिमा निर्वाचन सम्पन्न गर्न आवश्यक सहयोग गर्ने प्रतिवद्धता युनियनले गरेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  ८ : २७ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात