मधेश प्रदेशको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित « Khabarhub

मधेश प्रदेशको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित


३१ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

धनुषा – मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेशसभामा पेश गरेको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशसभाको आज बसेको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिँदै प्रदेशसभाका सदस्यहरुले राखेको सुझाव बजेटमा समेट्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले मधेस प्रदेश सरकारले बोलेर होइन काम गरेर देखाउने हुँदा काम गर्ने वातावरण बनाउनका लागि सहयोग गर्न आग्रह गरे ।

यसअघि नीति तथा कार्यक्रममा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहले राखेको संशोधन प्रस्ताव फिर्ता लिएका थिए ।

मुख्यमन्त्री सिंहले पारित गर्नका लागि प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रमलाई उपसभामुख बबिताकुमारी राउतले निर्णायार्थ पेश गरेका थिए । उक्त प्रस्ताव ध्वनि मतको आधारमा सर्वसम्मतिले पारित गरिएको हो ।

गत मङ्गलवार मधेस प्रदेशसभामा मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेश सरकारको नीति तथा कार्यक्रम पेश गरेका थिए ।

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  ९ : ४९ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग