टी–२० विश्वकप : नेदरल्याण्डसलाई बंगलादेशले दियो १६० रनको चुनौती | Khabarhub Khabarhub

टी–२० विश्वकप : नेदरल्याण्डसलाई बंगलादेशले दियो १६० रनको चुनौती


३१ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसिसी टी–२० विश्वकप अन्तर्गतको खेलमा बंगलादेशले नेदरल्याण्डसलाई १६० रनको चुनौती दिएको छ ।

सेन्ट भिसेन्टस्थित अर्नोस भेल स्टेडियममा टस हारेर ब्याटिङ गरेको बंगलादशले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १५९ रन बनायो ।

उसका लागि शकिब अल हसनले अर्धशतक प्रहार गरे । ४६ बलको सामना गरेका हसनले ९ चौकासहित नटआउट ६४ रन बनाए ।

त्यस्तै तान्जिद हसनले २६ बलमा पाँच चौका र एक छक्का सहित ३४ रनको योगदान दिए । महमुदुल्लाहले २५ रन बनाउँदा जाकर अलीले १४ रन बनाए ।

नेदरल्याण्डसका लागि आर्यन दत्त र पॉल भ्यान मिकरेनले दुईदुई विकेट लिए । दुवै देशका लागि सुपर ८ मा पुग्न यो खेल जित्नै पर्ने दबाब रहेको छ ।

यस अघि दुवैले खेलेका २–२ खेलमा एक जित र एक हार बेहोरेका छन् । बंगलादेशले श्रीलंकालाई पराजित गरेको थियो भने दक्षिण अफ्रिकासँग हार बेहोरेको थियो । त्यस्तै नेदरल्याण्डसले नेपाललाई पराजित गरेको थियो भने दक्षिण अफ्रीकासँग पराजित भएको थियो ।

यस समुहबाट दक्षिण अफ्रिकाले ३ खेलमा तिनै खेल जितेर सुपर ८ मा पुगिसकेको छ भने श्रीलंकाले ३ खेलमा २ हार र एक नेपालसँगको खेल बर्षाले रद्ध भएपछि एक अंक हासिल गरेको छ । श्रीलंकाको यस विश्वकपमा सुपर ८ को सम्भावना लगभग सकिएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  १० : १९ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले