आज २०८१ साल असार २९ गते शनिबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल असार २९ गते शनिबारको राशिफल


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असार २९ गते शनिबार तदनुसार सन् २०२४ जुलाई १३ तारिख। असार शुक्ल पक्षको अष्टमी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : धार्मिक क्षेत्रमा तनाव हुनसक्छ। व्यापारमा सोचेको भन्दा कम आम्दानी हुनेछ। न्यायिक क्षेत्रमा तपाईंले सोचेको काम बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने दिन छ।

वृष : बोलीको प्रभावले काम बन्नेछ। शिक्षा क्षेत्रमा प्रगति हुने दिन छ। परिवारको तर्फबाट सहयोग मिल्नेछ। वैदेशिक लगानीको प्रयास सफल बन्नेछ।

मिथुन : संघर्षको फल प्राप्त हुनेछ। साथीको सहयोग प्राप्त हुनेछ। स्वदेशमा लगानीको अवसर प्राप्त हुनेछ। मनोरञ्जनको नाममा समय बित्नेछ। समयको ख्याल गर्नु राम्रो हुनेछ।

कर्कट : आम्दानी बढ्नेछ। परिवारको सुझावमा अगाडि बढ्नु उचित हुन्छ। गलत व्यवहारले आफन्त टाढा पुग्ने योग छ। सत्य नछोड्नु राम्रो हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ।

सिंह : दिन राम्रो छ। धन प्राप्त हुने योग छ। सामान्य लगानीबाट राम्रो फाइदा हुनेछ। व्यवसायमा फाइदा हुने दिन छ। राजनीतिमा प्रभाव बढ्नेछ। सम्मान प्राप्त हुनेछ। अधिकारका लागि लडाइँ गर्नुपर्ने दिन छ।

कन्या : सन्तानको लागि श्रम गर्नुपर्ने हुनसक्छ। सहयोगीको विश्वास जित्नुपर्ने छ। श्रमको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। पारिवारिक प्रेममा सफलता मिल्नेछ।

तुला : आफू कमजोर भएको महसुस हुनेछ। खानपानमा समस्या हुने देखिन्छ। पढ्न अल्छी लाग्ने देखिन्छ। बौद्धिक व्यक्तिको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुन्छ।

वृश्चिक : साथीको सल्लाह लिएर काम गर्नु राम्रो हुनेछ। आफूले आफूलाई सही ठाउँमा उभ्याउने गरी निर्णय गर्नुपर्नेछ। श्रमको मूल्यांकन हुने दिन छ। व्यापारमा भन्दा निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। विदेशमा गरेको लगानी भए राम्रो आम्दानी हुनेछ।

धनु : यात्राको योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। राजनीतिमा झुकाव बढ्नेछ। योजना सार्वजनिक गरेमा काम असफल बन्नेछ। योजना बनेपछि गोप्य ढंगले काम गर्नुपर्ने दिन छ।

मकर : श्रमको मूल्य अरुले लिने जोखिम छ। लगानी गर्दा बौद्धिक क्षेत्रमा गर्नु राम्रो हुन्छ। प्राविधिक क्षेत्रबाट फाइदा हुनेछ। शेयर कारोबारबाट फाइदा हुनेछ। परिवारमा रमाइलो गर्ने दिन छ।

कुम्भ : तपाईंको पसिनाको फल अर्कोले लिने जोखिम छ। शनिदेवको छाया योग भएकाले धार्मिक कार्यमा सहभागी हुँदा दिन सहज हुनेछ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। रोकिएको काम बन्नेछ।

मीन : काममा अल्छी बढ्नेछ। सहयोगी साथीले कुरा काट्नेछन्। अधिकारका लागि प्रतिवाद गर्नुपर्ने दिन छ। परिवारको सहयोगले मनमा हौसला बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ५ : १७ बजे

पदाधिकारीलाई संघर्षरत नर्सहरुको प्रश्न- सहमतिको अधिकार कसले दियो ?

काठमाडौं- निजी मेडिकल कलेज तथा स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्स तथा

मर्मतपछि खुल्यो कागबेनी–छुसाङ सडक, चैले सडक मर्मत हुँदै

मुस्ताङ– बिहीबार राति परेको अविरल वर्षाका कारण अवरुद्ध कोरला नाका

बेमौसमी वर्षाले सुनसरीमा दुई अर्ब बढीको कृषिउपज नष्ट

धरान– यही कात्तिक १३ र १४ गते परेको बेमौसमी वर्षाले

प्रदेशसभा सदस्यलाई प्रश्न- जेन–जी आन्दोलनपछि प्रदेश सरकार किन ओइलायो ?

गण्डकी प्रदेशभर ८० वटा सरकारी र ६३ वटा निजी गरी

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

दशरथचन्द– बैतडीका ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ