आतंककारीविरुद्धको कारवाहीमा चार पाकिस्तानी सुरक्षाकर्मीको मृत्यु « Khabarhub

आतंककारीविरुद्धको कारवाहीमा चार पाकिस्तानी सुरक्षाकर्मीको मृत्यु


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा दुई जना सैनिक र दुई प्रहरी प्रतिआतंकवाद कारवाहीमा मारिएका छन् । गोप्य सूचनाका आधारमा सुरक्षा फौजले गरेको कारवाहीका क्रममा चार सुरक्षाकर्मी मारिएका हुन् ।

सुरक्षा फौजले ‘हाइ प्रोफाइल’ आतंकारीविरुद्ध गरेको कारवाहीका क्रममा उनीहरुको मृत्यु भएको पाकिस्तानी सेनाको अन्तरसेवा जनसम्पर्क (आईएसपीआर) ले जनाएको छ ।

कारवाहीका क्रममा ती उच्च प्रोफाइलका आतंककारी अब्दुल रहिम र उनका दुई सहयोगी पनि मारिएको सेनाले उल्लेख गरेको छ ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार पेशावर जिल्लाको हसन खेल क्षेत्रमा गरिएको उक्त कारवाहीमा मारिनेमा सेनाका २४ वर्षीय सिपाही मोहम्मद इद्रिस, ३४ वर्षीय सिपाही बदाम गुल, प्रहरीका २८ वर्षीय सब इन्सपेक्टर तजमिर शाह र ३८ वर्षीय असिस्टेन्ट सब इन्सपेक्टर मुहम्मद अक्रम रहेका छन् ।

मृतकप्रति राष्ट्रपति आशिफ अली जर्दारीले शोक व्यक्त गरेको डनले जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ९ : ४८ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको