सैन्य कारवाहीको विरोधमा पाकिस्तानको खैबर पख्तुनख्वामा प्रदर्शन « Khabarhub

सैन्य कारवाहीको विरोधमा पाकिस्तानको खैबर पख्तुनख्वामा प्रदर्शन


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेनाले सञ्चालन गरेको सैन्य कारवाहीको विरोध गर्दै पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा प्रदर्शन भएको छ ।

स्थानीय बासिन्दा तथा मानव अधिकारवादी अभियन्ताहरुले खैबर पख्तुनख्वा प्रान्तको तख्तभाइ तहसिलमा प्रदर्शन गरेका हुन् ।

पाकिस्तानी सेनाले चलाएको अज्म ए इस्तेकाम नामक सैन्य कारवाहीको विरोधमा प्रदर्शनको आयोजना गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

सैन्य कारवाहीका कारण स्थानीयहरु विस्थापित हुने जोखिम रहेको प्रदर्शनकारीको भनाइ छ ।

सरकारले सैन्य कारवाही भन्दा स्थानीय जनताले भोग्दै आएका समस्या समाधान गर्न ध्यान दिनुपर्ने प्रदर्शनकारीको माग छ ।

पाकिस्तानी अखबार द नेशनका अनुसार प्रदर्शनमा स्थानीय जनताका साथै राजनीतिक दलका स्थानीय नेताहरु, ग्राण्ड अवामी जिर्गाका प्रतिनिधि, ट्रेड युनियनका सदस्य, शान्ति परिषदका सदस्य तथा सञ्चारकर्मी एवम् मानव अधिकारवादीहरुको सहभागिता थियो ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  १० : ३३ बजे

परराष्ट्रमन्त्री खनाल र फ्रान्सकी नवनियुक्त राजदूतबीच भेटवार्ता

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रान्स्वाज

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत