कारागारमा पानी चुहिँदा कैदीबन्दीलाई समस्या « Khabarhub

कारागारमा पानी चुहिँदा कैदीबन्दीलाई समस्या


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

पर्वत– झण्डै चार दशक अघि बनेको पर्वत कारागार भवन मर्मतसम्भारको अभावमा जीर्ण बन्दै गएको छ । टिनको छाना भएको भवनमा पानी चुहिन थालेपछि कैदीबन्दीलाई समस्या भएको छ ।

लामो समयसम्म टिनको छाना परिवर्तन गर्न नसक्दा खिया लागेर पानी चुहिन थालेको हो । हिउँदमा धेरै समस्या नभए पनि निरन्तरजसो पानी पर्ने वर्षायाममा कैदीबन्दीलाई रात काट्न समस्या परेको छ ।

छानाबाट पानी चुहिएर ओछ्यान भिज्ने र खाना पकाउन समस्या भएको कैदीबन्दीले गुनासो गरेका छन् । पानी चुहिएर कैदीबन्दी समस्यामा परेको गुनासो आएपछि कारागार कार्यालयले चार त्रिपालले छानो ढाकेको छ ।

मर्मत गर्न बजेट नभएका कारण त्रिपालले ढाकेको कारागार कार्यालयका सूचना अधिकारी निर्मल पौडेलले जानकारी दिए । कारागार भवन पुनर्निर्माण गर्नुपर्ने उनकाो भनाइ छ ।

कारागारमा पुरुष ब्लकतर्फ बढी समस्या रहेको छ । पुरुष बस्ने भवन मर्मतसम्भार हुन सकेको छैन । क्षमताभन्दा चार गुणा बढी रहेको साँघुरो भवनमा वर्षायाममा पानी चुहिने समस्याले दैनिक जीवनयापनमा समस्या भएको सूचना अधिकारी पौडेलले बताए ।

कारागार भवन पुनर्निर्माण गर्न माग गर्दै आएपनि गृह मन्त्रालय, कारागार व्यवस्थापन विभागलगायतले चासो नदिएको कार्यालयले जनाएको छ ।

अहिले पर्वत जिल्ला कारागारमा क्षमताभन्दा झण्डै चार गुणा बढी कैदीबन्दी रहेका छन् । पच्चीस कैदीबन्दीको क्षमता रहेको कारागारमा अहिले ९३ जना रहेका छन् । कैदीबन्दीमा तीन महिला र एक नाबालक छन् ।

क्षमताभन्दा बढी कैदीबन्दी भएपछि उनीहरुको व्यवस्थापन गर्न समस्या भएको कारागार कार्यालयका जेलर शिला श्रेष्ठले बताइन् । क्षमताभन्दा बढी कैदीबन्दी राख्दा उनीहरुलाई सुत्न समस्या समेत भएको छ ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  १० : ४२ बजे

परराष्ट्रमन्त्री खनाल सर्बिया जाने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल भदौ १४ गते तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको

पशुपतिनाथमा ३२५ भक्तजनले गरे रसिद काटी विशेष पूजा

काठमाडौं– पशुपतीनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, २४ घण्टाभित्र लिखित जवाफ माग

काठमाडौं– सर्वोच्च अदालतले दुर्गा प्रसाद प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा

कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट आज विश्वासको मत

चल्ला बोकेर माइतीघरमा उत्रिए पोल्ट्री व्यवसायी

काठमाडौं– भारतीय कुखुराको तस्करी रोक्नुपर्ने, बिचौलियाको चलखेल नियन्त्रण गर्नुपर्ने तथा नेपाली