साना दललाई समेट्नुपर्ने कारण मन्त्रीपरिषद्मा करेक्सन गर्नुपर्ने छ : उपाध्यक्ष पौडेल « Khabarhub

साना दललाई समेट्नुपर्ने कारण मन्त्रीपरिषद्मा करेक्सन गर्नुपर्ने छ : उपाध्यक्ष पौडेल


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मन्त्रिपरिषद्‌मा केही करेक्सन गर्नुपर्ने भएकाले साना दललाई पनि कांग्रेस-एमाले सरकारमा सँगै लग्नुपरेको बताएका छन् । 

उनले राष्ट्रियलाई केही दलको बाहेक सबैको खाँचो भएकाले साना दलालाई पनि साथमा लिएर राष्ट्रिय सहमतिका लागि कांग्रेस एमाले अभिभावक हुनुपर्ने दाबी गरे । 

उनले भने, ‘कसलाई कति मन्त्रालय हुने भन्ने फाइनल भएको छैन । साना दललाई पनि  सँगै लानुपर्ने भएकाले कांग्रेस एमालेको सहमतिमा केही कुरा कम्प्रोमाइज गर्नुपर्ने छ । कांग्रेस एमालेले समान मन्त्रालय लिएर अरूलाई सिट सङ्ख्या अनुसार सहभागी गराउनुपर्ने समझदारी छ ।’ 

उनले शनिबार बेलुका वा आइतबार बिहानसम्ममा एक खालको खाका आउने दाबी गरे ।

उनले अगाडि भने, ‘कुन–कुन दल समावेश हुने त्यो अनुसार छलफल गरेर अगाडि बढ्छौँ । दुई दलले गरेको सहमतिमा केही कुरा सुधार गरेर अन्य दललाई समेट्ने छौँ ।’ 

कांग्रेस एमाले सरकारलाई, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले खुलेर साथ दिएका छैनन् । कांग्रेस एमालेले २ सय ७ भन्दा बढी संसद्को समर्थन नयाँ सरकारलाई हुने दाबी गरिरहेको छ । 

पौडेल एमालेबाट अर्थमन्त्री हुने बलियो सम्भावना छ ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  १ : ०४ बजे

हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले

एक हप्तादेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी- म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको