मधेस प्रदेशसभाबाट आर्थिक विधेयक २०८१ सर्वसम्मतले पारित « Khabarhub

मधेस प्रदेशसभाबाट आर्थिक विधेयक २०८१ सर्वसम्मतले पारित


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


969
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेशसभाबाट आर्थिक विधेयक २०८१ सर्वसम्मतले पारित भएको छ। शनिबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री तथा अर्थमन्त्री सतिश कुमार सिंहले पेस गरेको आर्थिक विधेयक २०८१ सर्वसम्मतले पारित भएको हो।

बैठकमा छलफलको क्रममा उठेको प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री सिंहले विगतको सरकारले राखेको करको दायरालाई नै वर्तमान सरकारले यथावत राखेको जानकारी दिँदै उनले यसमा कुनै प्रकारले परिवर्तन नगरिएको बताए ।

मुख्यमन्त्री सिंहले प्रदेश सरकार गठन हुँदा र बजेट बनाउदा थोरै समय पाएका कारण करको विषयमा समीक्षा समेत गर्न नपाएको बताए । मुख्यमन्त्री सिंहले प्रदेश सरकारको आम्दानी बढाउन विज्ञहरूसँग परामर्श गरेर यस विषयमा छलफल गरेर नीति निर्माण गरेर अगाडि बढ्ने बताए ।

 उनले कृषि क्षेत्रको विकास गरेर मधेसको आम्दानी बढाउन सक्ने र आत्म निर्भर बनाउन सक्ने भएकाले यस तर्फ सरकार गम्भीर रहेको बताए । 

आर्थिक विधेयकमाथिको छलफलमा भाग लिँदै जसपा नेपालका प्रदेशसभा सदस्य रामअशिष यादवले जनतालाई समस्यामा पारेर कुनैपनि प्रकारको कर लगाउन उचित नरहेको भन्दै यसतर्फ सरकारको ध्यान जानुपर्ने बताए ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ६ : ४८ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको