‘गुलाबी’ बन्न नाजिरले घटाएका थिए १६ केजी तौल « Khabarhub

‘गुलाबी’ बन्न नाजिरले घटाएका थिए १६ केजी तौल


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं फिल्म ‘गुन्यू चोलो’मा नायक नाजिर हुसेनको लुक्सले चर्चा बटुलेको छ । निर्माण पक्षले कार्तिक ९ गते प्रदर्शन मिति घोषणासँगै पोस्टर सार्वजनिक गरेपछि उनको लुक्सले चर्चा पाएको हो । 

सार्वजनिक पोस्टरमा नाकमा नथिया, कानमा झुम्का र श्रृङ्गारमा सजिएका नाजिरको ‘ुट्रान्सवुमन लुक्स’ देख्न सकिन्छ। यो उनले फिल्ममा निर्वाह गरेको पात्र ‘गुलाबी’को चरित्र हो । उनले पहेँलो रङ्गको वान पिस लगाएका छन् । एउटा हातमा विग (नक्कली कपाल) र अर्को हातमा हिल्स बोकेका छन्। उनको शरीरमा चोट पनि देख्न सकिन्छ । 

यो चरित्रका लागि नाजिरले १६ केजी तौल घटाएका थिए । यसका लागि उनले गरेको मिहिनेत पोस्टरले नै प्रष्ट पार्छ । सामाजिक सञ्जालको कमेन्ट बक्समा पनि यस लुक्सलाई लिएर राम्रो प्रतिक्रियाहरू पाएका छन् । 

धेरैले फिल्म सफलताको शुभकामना दिएकाले नाजिरको यस लुक्सलाई मन पराएको स्पष्ट पार्छ । केहीले ‘पोस्टरमा गुन्यो चोलो किन नलगाएको?  भन्ने प्रश्न पनि  गरेका छन् । 

यो फिल्म समुन्द्र भट्टले निर्देशन गरेकी हुन् । पटकथा निर्माण र अनुसन्धानका लागि लैंगिक अल्पसङ्ख्यकको क्षेत्रमा कार्य गर्ने संस्थाहरू ‘निलहिरा समाज‘ र ‘मितिनी नेपाल’सँग पनि परामर्श गरेको उनको दाबी छ । 

यस फिल्म पारलैंङ्गिकताको कथामा आधारित यस फिल्ममा निर्देशक भट्ट र नाजिरको पटकथा तथा संवाद छ।

‘भिजन इन्टरटेनमेन्ट’’दि स्काई ओसन इन्टरटेनमेन्ट’ को ब्यानरमा निर्माण भएको यस फिल्ममा सञ्चिता लुइँटेल, सुशील सिटौँला, अनुपम श्रेष्ठ र विशाल पहारीसमेत मुख्य भूमिकामा छन् । निर्माताहरू आकाश बुढाथोकी र भी भन्से जानुबोन हुन् ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ६ : ५२ बजे

मत्स्य केन्द्रद्वारा चार करोड ३८ लाख भुरा उत्पादन

जनकपुरधाम– यहाँस्थित मत्स्य मानव संसाधन विकास तथा प्रविधि परीक्षण केन्द्रले

भत्किएको तीन वर्षपछि बिरिङमा नयाँ पुल निर्माण सुरु

भद्रपुर– तीन वर्षअघि बाढीले क्षति पुर्याएको अर्जुनधारा नगरपालिका–७ स्थित बिरिङ

नेपाल गुणस्तर परिषद्को बैठक : विभिन्न गुणस्तर मापदण्ड स्वीकृत

काठमाडौं– नेपाल गुणस्तर परिषद्को ११औँ बैठकले नेपाल गुणस्तर तथा अन्तर्राष्ट्रिय

नागरिकता दिलाउन अमेरिका पुगेर बच्चा जन्माउने शैलीविरुद्ध ट्रम्प

वासिङ्टन डिसी – अमेरिकी सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकता खारेज गर्ने

खाना पकाउने ग्यासको बढी मूल्य लिने एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

काठमाडौं– स्थलगत अनुगमनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता