पाकिस्तानका पूर्वप्रधानमन्त्री खानको अवैध विवाहको मुद्दा उल्टियो « Khabarhub

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानको अवैध विवाहको मुद्दा उल्टियो


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई गैरकानुनी विवाहको अभियोगमा दोषी ठहर गरिएको मुद्दालाई पाकिस्तानको एक अदालतले शनिबार उल्ट्याएको छ ।

फेब्रुअरीको चुनावअघि नै दोषी ठहर गर्दै खानलाई सत्तामा फर्कन नदिनका लागि मुद्दा चलाइएको उनको भनाइ छ ।

ती सबै मुद्दाहरू अब कम्तिमा आंशिक रूपमा भएपनि फिर्ता लिएका छन् । राजद्रोहको अभियोगमा अप्रिलमा एक दशकको जेल सजायलाई उल्टाइएको छ भने जूनमा १४ वर्षको भ्रष्टाचारको सजाय निलम्बित गरिएको छ । यद्यपि, उहाँमाथि लगाइएका कतिपय आरोप अझै पनि कायम छन् ।

पूर्वप्रधानमन्त्री खान र उनकी पत्नी बुशरा बीबीलाई इस्लामिक कानुनको उल्लङ्घन गर्दै सम्बन्धविच्छेद भएको केही समयपछि विवाह गरेको आरोपमा सात वर्षको जेल सजाय सुनाइएको थियो ।

तर इस्लामाबाद अतिरिक्त जिल्ला अदालतका न्यायाधीश अफजल माजोकाले शनिबार खान र बीबी दुवैको अपिल स्वीकार गरिएको घोषणा गरेका छन् ।

यसैबीच, पूर्वप्रधानमन्त्री खानले सन् २०२३ को मे महिनामा दङ्गा भड्काएको आरोपमा पूर्वी लाहोरको एक अदालतले उनलाई पक्राउ गर्न अनुमति दिएको उनको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)का प्रवक्ता अहमद जान्जुआले बताएका छन् । प्रवक्ता जान्जुआले एक विज्ञप्ति जारी गर्दै थुनामा राख्ने गैरकानुनी आदेशलाई लम्ब्याउने अर्को ‘नौटङ्की’ भएको बताए ।

यसै महिनाको सुरुमा संयुक्त राष्ट्रसङ्घका विज्ञहरूको एक समितिले खानलाई हिरासतमा लिनुमा कुनै कानुनी आधार नभएको र उहाँलाई राजनीतिक पदका लागि अयोग्य ठह¥याउने उद्देश्यले गरिएको देखिएको बताएको थियो ।

“सुरुदेखि नै त्यो अभियोजन कानुनमा आधारित थिएन र राजनीतिक उद्देश्यका लागि प्रयोग गरिएको थियो”, जान्जुआद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “करिब एक वर्ष जेलमा बिताएपछि उनलाई तत्काल रिहा गर्न माग गरिएको छ ।”

खानप्रति वफादार उम्मेदवारहरूले राष्ट्रिय चुनावमा सबैभन्दा बढी सिट जितेका थिए, तर सेनाको निकट मानिएका प्रतिद्वन्द्वी दलहरूको गठबन्धनले उनीहरूलाई सरकारबाट बाहिर राखेको थियो ।

खानले सन् २०१८ देखि २०२२ सम्म प्रधानमन्त्रीका रुपमा काम गरेका थिए ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ८ : ३५ बजे

हुम्लामा कांग्रेसका रोकाया अग्रता

हुम्ला – हिमाली जिल्ला हुम्लामा प्रतिनिधिसभा सदस्यको मतगणना जारी छ

बालेनलाई बधाई दिँदै ओलीले भने : पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

कर्णाली– सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

नारायणगढ– जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा

बारा-१ मा रास्वपाका धिमाल विजयी

बारा (कलैया)- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बारा निर्वाचन क्षेत्र नं १