कोरला नाकामा भवन निर्माण « Khabarhub

कोरला नाकामा भवन निर्माण


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना कोरला नाकामा गण्डकी प्रदेश सरकारले सुरक्षा निकाय तथा उद्धार केन्द्रको भवन निर्माण गरेको छ ।

पूर्वाधार विकास कार्यालय मुस्ताङले एसवाई प्यानल प्रविधिको छकोठे एकतले भवन निर्माण गरेको हो । कार्यालयका प्रमुख अजय श्रेष्ठले सुरक्षा निकाय र आपत्कालीन अवस्थामा उद्धारका लागि भवन निर्माण गरिएको जानकारी दिए।

“संरचना तयार भइसकेको भवन हस्तान्तरण र फर्निचर व्यवस्थापन भएपछि प्रयोगमा ल्याउन सकिन्छ”, उनले भने, “भौगोलिक विकटता, प्रतिकूल वातावरणका बाबजुद काम थालेको एक महिनामै भवन तयार भएको छ ।”

समुन्द्री सतहदेखि चार हजार मिटरभन्दा बढी उचाइमा रहेको कोरला नाकाको नेपालतर्फ भवन नहुँदा सुरक्षाकर्मी, भन्सारका कर्मचारी, व्यवसायी र पर्यटकहरुलाई समस्या भएको थियो ।

भूकम्प प्रतिरोधात्मक र वातावरण अनुकूलित भवनमा भान्सा कोठा, बैठक हल र कार्यालय प्रयोजनका लागि चारवटा कोठा बनाइएको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी घनश्याम रोकाले बताए । भवन रु ४० लाख २५ हजार नौ सय ९९ मा निर्माण गरिएको हो ।

जोमसोम सडक अवरुद्ध, चिसो मौसम र कामदार अभावका कारण निर्धारित मितिमा निर्माण पूरा हुन नसकेको भवनको प्रमुख संरचनाहरु तयार भएको पूर्वाधार विकास कार्यालयका प्राविधिक शतिश पनेरुले बताए ।

कोरला नाकामा नेपाली सुरक्षाकर्मी र भन्सारका कर्मचारीका लागि चीन सरकारले गत कात्तिकमा १० जना अटाउन सक्ने चारवटा कन्टेनर उपलब्ध गराएको थियो ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ९ : २९ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले