कोरला नाकामा भवन निर्माण « Khabarhub

कोरला नाकामा भवन निर्माण


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना कोरला नाकामा गण्डकी प्रदेश सरकारले सुरक्षा निकाय तथा उद्धार केन्द्रको भवन निर्माण गरेको छ ।

पूर्वाधार विकास कार्यालय मुस्ताङले एसवाई प्यानल प्रविधिको छकोठे एकतले भवन निर्माण गरेको हो । कार्यालयका प्रमुख अजय श्रेष्ठले सुरक्षा निकाय र आपत्कालीन अवस्थामा उद्धारका लागि भवन निर्माण गरिएको जानकारी दिए।

“संरचना तयार भइसकेको भवन हस्तान्तरण र फर्निचर व्यवस्थापन भएपछि प्रयोगमा ल्याउन सकिन्छ”, उनले भने, “भौगोलिक विकटता, प्रतिकूल वातावरणका बाबजुद काम थालेको एक महिनामै भवन तयार भएको छ ।”

समुन्द्री सतहदेखि चार हजार मिटरभन्दा बढी उचाइमा रहेको कोरला नाकाको नेपालतर्फ भवन नहुँदा सुरक्षाकर्मी, भन्सारका कर्मचारी, व्यवसायी र पर्यटकहरुलाई समस्या भएको थियो ।

भूकम्प प्रतिरोधात्मक र वातावरण अनुकूलित भवनमा भान्सा कोठा, बैठक हल र कार्यालय प्रयोजनका लागि चारवटा कोठा बनाइएको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी घनश्याम रोकाले बताए । भवन रु ४० लाख २५ हजार नौ सय ९९ मा निर्माण गरिएको हो ।

जोमसोम सडक अवरुद्ध, चिसो मौसम र कामदार अभावका कारण निर्धारित मितिमा निर्माण पूरा हुन नसकेको भवनको प्रमुख संरचनाहरु तयार भएको पूर्वाधार विकास कार्यालयका प्राविधिक शतिश पनेरुले बताए ।

कोरला नाकामा नेपाली सुरक्षाकर्मी र भन्सारका कर्मचारीका लागि चीन सरकारले गत कात्तिकमा १० जना अटाउन सक्ने चारवटा कन्टेनर उपलब्ध गराएको थियो ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ९ : २९ बजे

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटना : पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन