मधेस प्रदेशः आर्थिक विधेयक २०८१ सर्वसम्मतिले पारित « Khabarhub

मधेस प्रदेशः आर्थिक विधेयक २०८१ सर्वसम्मतिले पारित


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

जनकपुर – मधेस प्रदेशसभाको आजको बैठकबाट मुख्यमन्त्री तथा अर्थमन्त्री सतिशकुमार सिंहले पेस गरेका आर्थिक विधेयक, २०८१ सर्वसम्मतिले पारित भएको छ ।

मुख्यमन्त्री सिंहले बजेट बनाउन थोरै समय पाएका कारण करको विषयमा समीक्षा समेत गर्न नसकेको बताए । उनले प्रदेश सरकारको आम्दानी बढाउन विज्ञहरूसँग परामर्श गरेर यस विषयमा छलफल गरी नीति निर्माण गरेर अगाडि बढ्ने समेत जानकारी दिए ।

आज बैठकमा छलफलको क्रममा उठेको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री सिंहले विगतको सरकारले राखेको करको दायरालाई नै वर्तमान सरकारले यथावत राखेको जानकारी दिए ।

आर्थिक विधेयकमाथिको छलफलमा भाग लिँदै जसपा नेपालका प्रदेशसभा सदस्य रामअशिष यादवले जनतालाई समस्यामा पारेर कुनै पनि प्रकारको कर लगाउन उचित नरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ९ : ४३ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट