प्रकाश शाहीकाे तीज गीत ‘पीर’ सार्वजनिक « Khabarhub

प्रकाश शाहीकाे तीज गीत ‘पीर’ सार्वजनिक


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिन्दु नारीहरूको महानपर्व हरितालिका तीज नजिकिँदै छ । यतिबेला तिजका गीतहरूले बजार तातिरहेको छ ।

अहिले भाइरल हुने होडबाजीले तीज गीतमै अनेक विकृतिहरू मिसिन थालेकाे गुनासो पनि आइरहेका छन् । कतिपय गीत त यस्ता पनि छन् कि परिवारका सदस्य सँगै बसेर हेर्न पनि असहज महसुस हुन्छ ।

अहिले मौलिकतामा आधारित कमै मात्र तीज गीत बजारमा देख्न पाइन्छ । मौलिकतामा आधारित तीज गीतको वास्तविक पहिचान झल्काउने गरि निर्माण गरिएको प्रकाश शाहीको तीज गीत ‘पीर’ सोमबार सार्वजनिक भएको  छ ।

गायिका सुनिता बुढाको स्वरमा रहेको भिडियो सोमबार सार्वजनिक भएको छ । भिडियो प्रकाश शाही युट्युव च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

‘पीर’ मा मौलिकतामा आधारित तीजको वास्तविक पहिचान झल्काउने गरि निर्माण गरिएको छ । उक्त गीतमा प्रकाश शाहीको शब्द, वरिष्ठ सङ्गीतकार गंगा केसी को सङ्गीत रहेको छ । त्यस्तै झरान सावद र धनकली शाहीको अभिनय, विपिन आचार्यको सङ्गीत संयोजन, प्रवीन शाहीको कोरियोग्राफी, गोपाल रुचालको छायांकन र सम्पादन, प्रकाश शाहीकै निर्देशन रहेको छ ।

शाहीका अनुसार गीतमा पिपल चौतारी, पानीका नाउला लगायतका पुराना संस्कार र संस्कृति झल्काउने चिजहरू मासिदै गएको कुरा देखाउन खोजिएको छ।

यो गीतका गीतका माध्यमबाट तीजको मौलिकता र मर्मलाई जोगाउन खोजिएको शाहीले बताए । उनका पूजाको थाली, मेरो नाचो, पशुपतिमा जलारी लगायतका तीज गीत दर्शक तथा स्रोता माझ चर्चित छन् । 

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  १२ : ११ बजे

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,