वास्तुशास्त्र : घर बनाउनुअघि यी कुरामा ध्यान दिनुहोस्   « Khabarhub

वास्तुशास्त्र : घर बनाउनुअघि यी कुरामा ध्यान दिनुहोस्  


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


7.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्य प्राणीभन्दा बुद्धिमानी मानिने मानिस आफ्ना हरेक कुरालाई फरक र आकर्षक बनाउन चाहन्छ । मेहनत गरेर जोहो गर्नु र आवश्यकताको बेला जोहोबाट खर्चिनु मानवीय गुण भित्र पर्दछ । यसरी मेहनत वा कुनै कुरा सिर्जना गर्दा मानिसले अनेकौँ उपायको प्रयोग गर्दछ ।

अधिकांश मानिसहरू मेहनतको रकम घरजग्गामा प्रयोग गर्दछन् । तर वर्षौँको मेहनत खर्चेर बनाइएको घरमा भने थोरै मात्र होस्, पुर्‍याइएन भने त्यसले कलह उत्पन्न गर्न सक्छ । त्यसैले मानिसले घर बनाउँदा वास्तुशास्त्र अनुसार बनाउन उत्तम हुन्छ ।

वास्तुशास्त्र अनुसार सबैभन्दा राम्रो पूर्वतिर फर्केको जग्गालाई लिइन्छ । यसपछि उत्तर फर्केको र दक्षिण-पश्चिम फर्केको जग्गा राम्रो मानिन्छ ।

१. पर्खाल र घरको उचाइ :

यदि तपाई घर बनाउँदै हुनुहुन्छ भने घरको दक्षिण र पश्चिम दिशाका पर्खाल, उत्तर र पूर्व दिशाको पर्खालभन्दा केही अग्लो र मोटो हुनुपर्छ । सडकको सतहभन्दा घर केही फुटको उचाइमा हुनुपर्छ । त्यसैले घर बनाउँदा वा किन्दा सडक सतह भन्दा अग्लो घर चयन गर्नुपर्दछ । अन्यथा घरमा आर्थिक संकट आउने र कलह बढ्ने सम्भावना हुन्छ ।

२. दक्षिण पश्चिम दिशामा अग्ला रुख :

यदि घर बनाउँदै हुनुहुन्छ भने घर निर्माण भएको स्थानमा अनुकूलता अनुसार दक्षिण र पश्चिम दिशामा अग्ला हुने बिरुवा रोप्नु पर्दछ । यसले घरमा समृद्धि ल्याउँछ र रुखको शीतलताले घरपरिवारमा सकारात्मक भावको विकाश गर्छ । दक्षिण पश्चिम दिशामा अग्ला रुख हुँदा खस्किएको आर्थिक अवस्थालाई समेत स्थिर अवस्थामा ल्याउँछ । साथै दुर्भाग्य हटाई परिवारमा संकट आउन दिँदैन ।

३. घरको मध्य भाग खालि हुनुपर्छ  :

यदि घर बनाउँदै हुनुहुन्छ भने घरको मध्य भाग खालि हुने गरी बनाउनु पर्छ । यदि किनिएको घर हो भने घरको बीच खालि राख्ने प्रयास गर्नुपर्छ । घरको बिच भागमा कुनै निर्माण गर्नुहुँदैन साथै कुनै वजनदार भारी बस्तु समेत राख्नु हुँदैन । यदि नमिल्दो भएमा मन्दिर निर्माण गर्नु उत्तम हुन्छ । घरको बिच भागलाई ब्रह्मको स्थान मानिन्छ ।

४. पश्चिम दिशामा भण्डार कक्ष :

घरको भण्डार वा सामाग्री राखिने कोठा सकेसम्म दक्षिण पश्चिम नभए पश्चिम दिशामा मात्र बनाउनुपर्छ । भण्डार कोठा दक्षिण पश्चिम दिशामा भए यसले परिवारमा समृद्धि बढाउँछ । भण्डार कोठामा पकाइएका खानेकुराहरू धेरै दिन राख्नु हुँदैन । कुहिने बस्तु भए त्यसलाई घर बाहिर फ्याँक्नु पर्दछ ।

५. ढोका र झ्यालको नियमित सफाइ :

घरका सबै ढोका तथा झयालहरुको नियमित सफाइ हुनुपर्दछ । घर भित्र पर्ने मुख्य प्रवेशद्वारमा सदैव फोहोर थुपार्नु हुँदैन । घरका ढोका र झ्यालबाट लक्ष्मीको प्रवेश हुने भएकाले ती स्थानहरू सफा राख्न जरुरी छ । ढोका तथा झ्यालमा फोहोर, माकुराको जालो तथा जुठो भएमा त्यसले सञ्चित धनमा समेत हानि गर्दछ ।

६. प्रवेशद्वारको सजावट :

घर भित्र प्रवेश गर्ने मुख्यद्वार वा ढोका सुख: समृद्धि र सम्पन्नता भित्र्याउने मार्ग हो । त्यसैले यसलाई आकर्षक बनाउन र सजाउनु पर्दछ । जसले घर भित्र प्रवेश गर्दा मानिसलाई सकारात्मक सोचको विकाश गर्छ । घरको अगाडि उज्यालो स्थानमा निवास वा अन्य नाम दिएर नेमप्लेट राख्नु पनि उत्तम हुन्छ ।

७. पंक्षिमैत्री घर हुनुपर्छ :

यदि तपाई घर बनाउँदै हुनुहुन्छ भने घरको छत वा छानामा चराचुरुङ्गीका लागि पानी खाने सानो डुँड र चारो दिने स्थान बनाउनु लाभदायक हुन्छ । घरको आँगन वा छानामा बनाइएका चरामैत्री डुँड वा चारो दिने स्थान भएका घरमा धनको अभाव हुँदैन । पंक्षिप्रतिको सद्भावले मानिसमा सकारात्मक ऊर्जा र धन प्राप्ति समेत गराउँछ ।

-एजेन्सिकाे सहयोगमा 

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  १ : १४ बजे

सरकारविरोधी प्रदर्शनमा सहभागी इरानका २१ वर्षीय युवकलाई फाँसी

तेहरान- इरानमा एकजना २१ वर्षीय युवकलाई फाँसीमा चढाइएको छ। बीबीसी

रिपोर्ट भन्छ : इरानविरुद्ध अमेरिकी सैन्य कारबाही टुङ्गियो

वासिङ्टन- अमेरिकी डोनाल्ड ट्रम्प प्रशासनले इरानविरुद्ध २८ फेब्रुअरीमा सुरू भएको

बौद्धमा शान्ति र्‍यालीसहित मनाइयो २५७० औँ बुद्ध जयन्ती (तस्बिरहरू)

काठमाडौं– शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७०औँ जयन्ती आज

विदेशी नागरिकता लिएका १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले विभिन्न देशको नागरिकता लिएर नेपाली नागरिकता

शुक्रबार बल्खु र वंशीघाटमा ६८६ संरचना हटाइँदै

काठमाडौं– बागमती नदी र त्यसका सहायक नदी किनारमा रहेका अत्यन्त