सभामुखले सांसदहरूलाई यो बोल्नु, त्यो नबोल्नु भन्न पाउँदैनन् : राजेन्द्र लिङ्देन « Khabarhub

सभामुखले सांसदहरूलाई यो बोल्नु, त्यो नबोल्नु भन्न पाउँदैनन् : राजेन्द्र लिङ्देन


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सदनमा पाइने आकस्मिक समयमा सांसदले बोल्ने कुराको निर्धारण सभामुखले गर्न नपाउने भन्दै आपत्ति जनाएका छन् । 

प्रतिनिधिसभाको मंगलबारको बैठकको आकस्मिक समयमा बोल्दै उनले सांसदले बोल्न पाउने र नपाउने विषयमा सभामुखले निर्धारण गर्ने विषय मान्य नहुने बताएका हुन् । 

‘हामीले जुन यो आकस्मिक समय प्राप्त गर्छौँ । यो पटकबाट परम्परा बिगारिराखिएको छ । सदस्यलाई तिमीले यो मात्रै बोल्न पाउँछौँ, पहिले नै यो विषय भनेर लेखाएर मात्रै बोल्न पाउँछौँ भन्ने प्रकारको व्यवस्था मान्य हुँदैन,’ लिङ्देनले भने । 

उनले थपे, ‘जनताको प्रतिनिधिले आफ्नो कुरा राख्छन् । त्यो संविधान विपरित र संसदको नियमावली विपरित भयो भने सभामुखले प्रतिबन्ध लगाउने, रोक्ने आफ्नो ठाउँमा छ । तर, यो विषय बोल्न पाउँछौँ, यो विषय बोल्न पाउँदैनौँ भन्ने कुरा मान्य हुन्न ।’

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  १ : ४८ बजे

यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

काठमाडौं – निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा

सिन्धुलीमा बसको ठक्करबाट एक जनाको मृत्यु

सिन्धुली – बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बसले

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष : निर्वाचन सुरक्षामा पूर्ण तयारी, निष्पक्ष गराउने दृढता

काठमाडौं- सिंहदरबारमा बुधबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४२औं बैठकले निर्वाचनलाई

अमेरिकी रक्षा मन्त्रीको दाबी : हिन्द महासागरमा इरानी युद्धपोत डुबाइयो

वासिङ्टन-अमेरिकी रक्षा मन्त्री पेट हेग्सेथले हिन्द महासागरमा इरानी युद्धपोत डुबाउन