सभामुखले सांसदहरूलाई यो बोल्नु, त्यो नबोल्नु भन्न पाउँदैनन् : राजेन्द्र लिङ्देन « Khabarhub

सभामुखले सांसदहरूलाई यो बोल्नु, त्यो नबोल्नु भन्न पाउँदैनन् : राजेन्द्र लिङ्देन


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सदनमा पाइने आकस्मिक समयमा सांसदले बोल्ने कुराको निर्धारण सभामुखले गर्न नपाउने भन्दै आपत्ति जनाएका छन् । 

प्रतिनिधिसभाको मंगलबारको बैठकको आकस्मिक समयमा बोल्दै उनले सांसदले बोल्न पाउने र नपाउने विषयमा सभामुखले निर्धारण गर्ने विषय मान्य नहुने बताएका हुन् । 

‘हामीले जुन यो आकस्मिक समय प्राप्त गर्छौँ । यो पटकबाट परम्परा बिगारिराखिएको छ । सदस्यलाई तिमीले यो मात्रै बोल्न पाउँछौँ, पहिले नै यो विषय भनेर लेखाएर मात्रै बोल्न पाउँछौँ भन्ने प्रकारको व्यवस्था मान्य हुँदैन,’ लिङ्देनले भने । 

उनले थपे, ‘जनताको प्रतिनिधिले आफ्नो कुरा राख्छन् । त्यो संविधान विपरित र संसदको नियमावली विपरित भयो भने सभामुखले प्रतिबन्ध लगाउने, रोक्ने आफ्नो ठाउँमा छ । तर, यो विषय बोल्न पाउँछौँ, यो विषय बोल्न पाउँदैनौँ भन्ने कुरा मान्य हुन्न ।’

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  १ : ४८ बजे

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको