जसपा नेपालको केन्द्रीय समिति बैठक : तेस्रो दिन अध्यक्षको प्रतिवेदनमा छलफल हुँदै « Khabarhub

जसपा नेपालको केन्द्रीय समिति बैठक : तेस्रो दिन अध्यक्षको प्रतिवेदनमा छलफल हुँदै


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

ललितपुर (सानागाउँ) – जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठक  मंगलबार तेस्रो दिन पनि जारी छ । ललितपुरको महालक्ष्मी नगरपालिका ६, सानागाउँको थसी ब्यांक्वेटमा बिहान ११ बजेदेखि बैठक बसिरहेको छ ।

बैठकको प्रथम सत्रमा राष्ट्रिय सभाका सांसद डा. खिमलाल देवकोटाले संघीय प्रणालीको अभ्यास, आवश्यक्ता, महत्व र यसको कार्यान्वयनको चरण लगायत बिषयमा केन्द्रीय सदस्यहरूलाई प्रशिक्षण दिए ।

त्यसपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेका राजनीति प्रतिवेदनमाथि छलफल हुँदैछ । देशैभरबाट सहभागी दुई सय १५ जना केन्द्रीय सदस्यको राय सुझावसहित प्रतिवेदन पारित गर्ने कार्यसूची छ ।

अध्यक्ष यादवले पार्टीको केन्द्रीय समिति बैठकमा ६१ बुँदे राजनीतिक प्रस्ताव पेश गरिसकेका छन् । राजनीतिक प्रस्तावमा प्रस्तावमा संघीयता कार्यान्वयन, संविधान संशोधन, सामाजिक न्यायको हक, निर्वाचन क्षेत्र निर्धारणलगायत विषय उल्लेख छन् ।

जसपा नेपालले पाँच लाख नयाँ संगठित क्रियाशील सदस्य थप्न चारमहिने संगठन निर्माण अभियान चलाउने प्रस्तावसमेत प्रस्तावमा उल्लेख छ ।

जनकपुरधाममा सम्पन्न एकताको प्रथम महाधिवेशनपछि नवगठित केन्द्रीय समितिको साउन २७ गतेदेखि सुरु भएको पहिलो बैठक बुधबार सम्पन्न हुनेछ ।

यसअघि सोमबार राजनीति विश्लेषक विजयकान्त लाल कर्ण, सञ्चारकर्मी प्रनव खरेल, अभिवक्ता शंकर लिम्बू र अर्थविद् डा. उमाशंकर साहले परराष्ट्र मामिला, सामाजिक लोकतन्त्र, संघीयताको कानुनी पक्ष, संघीयताभित्रको आर्थिक सवाल लगायतमा केन्द्रीय सदस्यहरूलाई प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  १ : ५८ बजे

आज २०८३ साल असोज १५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय