सांसद नेपालीको चेतावनी- दलितका कुरा नसुने जातीय र धार्मिक युद्ध हुन्छ | Khabarhub Khabarhub

सांसद नेपालीको चेतावनी- दलितका कुरा नसुने जातीय र धार्मिक युद्ध हुन्छ


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद अनिशा नेपालीले माइतीघर मण्डलामा खगेन्द्र सुनवारले दलितको अधिकारबारे गरेको प्रदर्शनबारे प्रतिनिधि सभामा प्रश्न उठाएकी छन् । 

मंगलबारको बैठकमा उनले माइतीघर मण्डलामा खगेन्द्र सुनुवारले जीउमा साङ्लोले बाँधेर कालो प्ले कार्डसहित दलितलाई अधिकार खोजेर प्रश्न गरिरहेकाले सरकारले जवाफ दिन आनाकानी गरेको बताइन् । 

उनले यस्ता प्रश्नलाई सरकारले बेवास्ता गरे भोलि आदिवासी जनजाति मधेसी, मुस्लिम, चेपाङ लगायतले आफ्नो मुद्दाका लागि सडकमा उत्रिन सक्ने चेतावनीसमेत दिइन्।  

मन्त्रिपरिषद्‌ र राजनीतिक नियुक्तिमा उपेक्षा गरिएको भन्दै दलित समुदायका प्रतिनिधिहरूले माइतीघरमा शनिबारबाट प्रदर्शन गरिरहेका छन् । सरकारले दलित समुदायलाई महत्त्व नदिएको भन्दै उनीहरूले विरोध जनाएका हुन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान मन्त्रिपरिषद्‌मा एक जना पनि विभागीय दलित मन्त्री छैनन् ।  यसको विरोध भएपछि कांग्रेसले १८ साउनमा समानुपातिक सांसद रूपा विकलाई राज्यमन्त्री बनाएको छ ।

दलितलाई पूर्ण विभागीय मन्त्री नदिएको भन्दै प्रतिनिधि सभामा पनि रास्वपा र राप्रपा लगायतका प्रतिपक्षी दलले कुरा उठाइरहेका छन् । 

सुरुमा मन्त्रिपरिषद् विस्तार गर्दा सरकारले एमालेबाट छविलाल विश्वकर्मा र कांग्रेसबाट जीवन परियारलाई मन्त्री बनाउने भनेको थियो । तर, अन्तिममा कोही परेका थिएनन्‌ ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ३ : १५ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार