सांसद नेपालीको चेतावनी- दलितका कुरा नसुने जातीय र धार्मिक युद्ध हुन्छ « Khabarhub

सांसद नेपालीको चेतावनी- दलितका कुरा नसुने जातीय र धार्मिक युद्ध हुन्छ


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद अनिशा नेपालीले माइतीघर मण्डलामा खगेन्द्र सुनवारले दलितको अधिकारबारे गरेको प्रदर्शनबारे प्रतिनिधि सभामा प्रश्न उठाएकी छन् । 

मंगलबारको बैठकमा उनले माइतीघर मण्डलामा खगेन्द्र सुनुवारले जीउमा साङ्लोले बाँधेर कालो प्ले कार्डसहित दलितलाई अधिकार खोजेर प्रश्न गरिरहेकाले सरकारले जवाफ दिन आनाकानी गरेको बताइन् । 

उनले यस्ता प्रश्नलाई सरकारले बेवास्ता गरे भोलि आदिवासी जनजाति मधेसी, मुस्लिम, चेपाङ लगायतले आफ्नो मुद्दाका लागि सडकमा उत्रिन सक्ने चेतावनीसमेत दिइन्।  

मन्त्रिपरिषद्‌ र राजनीतिक नियुक्तिमा उपेक्षा गरिएको भन्दै दलित समुदायका प्रतिनिधिहरूले माइतीघरमा शनिबारबाट प्रदर्शन गरिरहेका छन् । सरकारले दलित समुदायलाई महत्त्व नदिएको भन्दै उनीहरूले विरोध जनाएका हुन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान मन्त्रिपरिषद्‌मा एक जना पनि विभागीय दलित मन्त्री छैनन् ।  यसको विरोध भएपछि कांग्रेसले १८ साउनमा समानुपातिक सांसद रूपा विकलाई राज्यमन्त्री बनाएको छ ।

दलितलाई पूर्ण विभागीय मन्त्री नदिएको भन्दै प्रतिनिधि सभामा पनि रास्वपा र राप्रपा लगायतका प्रतिपक्षी दलले कुरा उठाइरहेका छन् । 

सुरुमा मन्त्रिपरिषद् विस्तार गर्दा सरकारले एमालेबाट छविलाल विश्वकर्मा र कांग्रेसबाट जीवन परियारलाई मन्त्री बनाउने भनेको थियो । तर, अन्तिममा कोही परेका थिएनन्‌ ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ३ : १५ बजे

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

बैतडी– लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय

यी भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न