गगनको टिप्पणी- प्रधानमन्त्री ओलीले मिहिनेत गरिरहेको देख्दैछु « Khabarhub

गगनको टिप्पणी- प्रधानमन्त्री ओलीले मिहिनेत गरिरहेको देख्दैछु


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गत असार ३० गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त केपी शर्मा ओलीले मिहिनेत गरिरहेको देखेको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्ने क्रममा उनले जनअपेक्षाअनुसार ओलीले प्रधानमन्त्री पद सम्हालेपछि मिहिनेत गरिरहेको देखेको बताएका हुन्।

तर थापाले मन्त्रीहरूले भने कार्ययोजना बनाएर काम गर्नु आवश्यक रहेको टिप्पणी गरेका छन् । ‘प्रधानमन्त्रीले मिहिनेत गरेको देखिरहेको छु, मन्त्रीहरूले पनि खादा माला लाउन छाडेका छन्’, उनले भने, ‘प्रधानमन्त्रीले भने जस्तै यो २४ महिनामा धेरै काम गर्न सकिन्छ । एक महिना सकियो, अब मन्त्रीहरूलाई हामी सबैको शुभेच्छा छ । हामी कामको आधारमा प्रश्न गर्न सक्छौँ । २४ महिनाका लागि एक महिने तयारी सकिएको छ । अब कामले गति लिनुपर्छ।’

उनले मन्त्रीहरूलाई २४ महिनाका लागि प्रत्येक महिनाको योजना बनाउन सुझाव दिए । ‘प्रत्येक मन्त्रालयसँग जोडिएका सानातिना कामले परिवर्तन दिलाउँछ । बद्री पाण्डेले पर्यटनमन्त्रीको जिम्मेवारी सम्हालेपछि ठूला दुई हवाई दुर्घटना भए । मैले बुझेसम्म पर्यटनमन्त्री गम्भीर हुनुहुन्छ ।’

थापाले नेपाल नागरिक उड्ययन प्राधिकरणलाई अलग गर्ने कामलाई पर्यटनमन्त्रीले अघि बढाइसकेको जानकारी आफूले पाएको पनि बताएका छन् ।

थापाले नेपालबाट कोरिया जाने हवाई भाडा संसारकै महंगो रहेको भन्दै यो रुटमा नेपाल वायुसेवा निगमको जहाज पठाउन पनि सरकालाई आग्रह गरे ।

 

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  २ : ५२ बजे

६ पूर्वस्वास्थ्यमन्त्री चुनावी मैदानमा, कसले कहाँबाट दिए उम्मेदवारी ? 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन

आबे हत्या प्रकरणमा आजीवन सजाय

एजेन्सी – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा दोषी ठहर

काठमाडौं–४ उम्मेदवार सचिन तिमिल्सिनाले भेटे गगनलाई

काठमाडौं– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट

परिष्कृत कांग्रेसमार्फत देश निर्माणमा प्रतिबद्धता छौँ : सभापति थापा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरूले परिष्कृत राजनीति गरेको

प्रतिनिधिसभा निर्वाचन : भोजपुरबाट महिलाको शून्य उम्मेदवारी

टक्सार– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि