गगनको टिप्पणी- प्रधानमन्त्री ओलीले मिहिनेत गरिरहेको देख्दैछु « Khabarhub

गगनको टिप्पणी- प्रधानमन्त्री ओलीले मिहिनेत गरिरहेको देख्दैछु


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गत असार ३० गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त केपी शर्मा ओलीले मिहिनेत गरिरहेको देखेको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्ने क्रममा उनले जनअपेक्षाअनुसार ओलीले प्रधानमन्त्री पद सम्हालेपछि मिहिनेत गरिरहेको देखेको बताएका हुन्।

तर थापाले मन्त्रीहरूले भने कार्ययोजना बनाएर काम गर्नु आवश्यक रहेको टिप्पणी गरेका छन् । ‘प्रधानमन्त्रीले मिहिनेत गरेको देखिरहेको छु, मन्त्रीहरूले पनि खादा माला लाउन छाडेका छन्’, उनले भने, ‘प्रधानमन्त्रीले भने जस्तै यो २४ महिनामा धेरै काम गर्न सकिन्छ । एक महिना सकियो, अब मन्त्रीहरूलाई हामी सबैको शुभेच्छा छ । हामी कामको आधारमा प्रश्न गर्न सक्छौँ । २४ महिनाका लागि एक महिने तयारी सकिएको छ । अब कामले गति लिनुपर्छ।’

उनले मन्त्रीहरूलाई २४ महिनाका लागि प्रत्येक महिनाको योजना बनाउन सुझाव दिए । ‘प्रत्येक मन्त्रालयसँग जोडिएका सानातिना कामले परिवर्तन दिलाउँछ । बद्री पाण्डेले पर्यटनमन्त्रीको जिम्मेवारी सम्हालेपछि ठूला दुई हवाई दुर्घटना भए । मैले बुझेसम्म पर्यटनमन्त्री गम्भीर हुनुहुन्छ ।’

थापाले नेपाल नागरिक उड्ययन प्राधिकरणलाई अलग गर्ने कामलाई पर्यटनमन्त्रीले अघि बढाइसकेको जानकारी आफूले पाएको पनि बताएका छन् ।

थापाले नेपालबाट कोरिया जाने हवाई भाडा संसारकै महंगो रहेको भन्दै यो रुटमा नेपाल वायुसेवा निगमको जहाज पठाउन पनि सरकालाई आग्रह गरे ।

 

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  २ : ५२ बजे

देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा

ललितपुर – देशभर पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँका बेला सिँचाइ

ब्राजिललाई चुनौती दिन जापान तयार, इतिहास बदल्ने लक्ष्य

काठमाडौं – विश्व फुटबलको महाशक्ति ब्राजिलसँगको नकआउट भिडन्तअघि जापानले आफू

चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

भरतपुर – चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

बजेट निर्माणमा सुधार, ढिला गर्ने स्थानीय तहको संख्या घट्यो

काठमाडौं – स्थानीय तहको बजेट निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन भूमि

जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

लन्डन – होर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने एउटा जहाजमाथि शनिबार