नेप्सेमा झिनो अंकको करेक्सन, कारोबार पनि घट्यो | Khabarhub Khabarhub

नेप्सेमा झिनो अंकको करेक्सन, कारोबार पनि घट्यो


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं मंगलबार झिनो अंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करेक्सन आएको छ । सोमबार ७०.८१ अंकले बढेको नेप्सेमा आज माइनस ८ दशमलब १८ अंकको सुधार आएको  हो ।

मंगलबार नेप्सेमा कारोबार रकम समेत घटेको छ । मंगलबार नेप्सेमा २१ अर्ब ५१ करोड ५० लाख १० हजार बराबरको कारोबार भयो । जबकी सोमबार अहिलेसम्मकै धेरै २७ अर्ब २४ करोड २९ लाख ३४ हजार बराबरको कारोबार भएको थियो ।

मंगलबार नेप्सेमा भएको शेयर कारोबारमा १५७ वटा कम्पनीको शेयर मूल्यमा गिरावट भयो भने ८० वटा कम्पनीको शेयर मूल्यमा मात्रै वृद्धि भयो । ६ वटा कम्पनीको मूल्य भने स्थिर रहेको नेप्सेको तथ्यांकले देखाएको छ ।

समूहगत आधारमा हेर्दा मंगलबारको कारोबारमा बैंकिङ सूचक, फाइनान्स सूचक, लगानी सूचक, जीवन बीमा सूचक र व्यापार सूचक सकारात्मक रह्यो भने अन्य सूचकहरू नकारात्मक रहे ।

त्यस्तै मंगलबार नेप्सेमा भएको शेयर कारोबारमा मातृभूमि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाए भने नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ३ : २० बजे

फ्रान्सले प्यालेस्टाइनी राज्यलाई औपचारिक मान्यता दिने

फ्रान्स – फ्रान्सले औपचारिक रूपमा प्यालेस्टाइनी राज्यलाई स्वीकार गर्ने भएको

भिजिट भिसामा कुवेत हिँडेका ४७ महिला भारतबाट फर्काइए

काठमाडौं – भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तरराष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल साउन ९ गते शुक्रबार। साउन

आज २०८२ साल साउन ९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ९ गते शुक्रबार। साउन