माओवादी नेता शाहीको जिकिर- दलहरूको चुरिफुरीले जनता आक्रोशित छन्, देश दुर्घटनातिर जाँदैछ « Khabarhub

माओवादी नेता शाहीको जिकिर- दलहरूको चुरिफुरीले जनता आक्रोशित छन्, देश दुर्घटनातिर जाँदैछ


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले राजनीतिक दलहरूको चुरीफुरीले जनतामा निराशा बढेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रतिनिधिसभाका सांसद शाहीले जनताको निराशा आक्रोश र आवेगमा बद्लिन सक्ने खतरा रहेको बताए ।

जनतामा रहेको निराशाको सम्बोधन गर्नेबारेमा सबै राजनीतिक दलहरूले गम्भीरतापूर्वक लिनुपर्ने बताए ।

‘देशमा दलहरूको हालिमुहाली अर्थात चुरिफुरी चलिरहेको छ । जनताको निराशा लामो समय रहिरहन सक्दैन । युवाहरूमा देखिएको निराशा भोलि आवेग र आक्रोशमा बदलिए देशको हविगत के होला ?’, उनले भने, ‘एक पटक सबै दलहरूले यो विषयमा गम्भीर चिन्तन गर्नुपर्ने आवश्यक्ता छ ।’

शाहीले अहिले सबै राजनीतिक दलमाथि अविश्वास बढ्दै गइरहेको बताए । सत्ताको नेतृत्व गरिरहेका दलहरूले यो विषयलाई गम्भीतापूर्वक लिएर समाधान नखोजे देश दुर्घटनामा जाने खतरा बढेको तर्क शाहीले गरे ।

माओवादीले संविधान संशोधन गर्न नहुने नभनेको उनले बताए । माओवादी अग्रगामी संविधान संशोधनको पक्षमा रहेको पनि उनले बताए । संविधान बनाइसकेपछि संघीय ऐन बनाउनुपर्नेमा दलहरूले सत्ताभन्दा अरु कुरामा चासो नदेखाएको उनले बताए ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ४ : २९ बजे

बढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका

चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइनेपर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने

विरगन्ज– पर्सा जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका सबै सुरक्षा निकायले

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चिया तथा कफी

बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

गण्डकी– पोखरा महानगरपालिका–१८ चिसाखोलाका विभिन्न खाजाघरमा बालिकालाई अनैतिक कार्यमा लगाएको