टीआरसी विधेयकविरुद्ध सर्वोच्चमा रिट, पीडितमैत्री नभएको जिकिर « Khabarhub

टीआरसी विधेयकविरुद्ध सर्वोच्चमा रिट, पीडितमैत्री नभएको जिकिर


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सदनमा पेस गर्न लागिएको सङ्क्रमणकालीन न्यायका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन र बेपत्ता पारिएका व्यक्तिको छानबिन अयोग, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

संसद्‍मा छलफलका लागि पेस हुने तयारीमा रहेको उक्त विधेयकविरुद्ध अधिवक्ता श्यामकृष्ण मास्केले सर्वोच्च अदालत रिट हालेका हुन् ।

उक्त रिट दर्ता गर्ने या दरपीठ गर्नेबारेमा सर्वोच्च अदालत प्रशासन परामर्शमा रहेको छ ।

दलहरूले संसद्‍बाट पास गर्ने गरी टीआरसीमा सहमति जुटाइसकेका छन् । अधिवक्ता मास्केले प्रस्तावित विधेयक केही बुँदा संविधान, कानुन र नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय सन्धि-सम्झौता तथा अन्तर्राष्ट्रिय अभ्यासविपरीत भएको जिकिर गरेका छन् ।

उक्त विधेयकका केही बुँदा सशस्त्र द्वन्द्वका पीडकहरूलाई उन्मुक्ति दिने किसिमका रहेका उनको तर्क छ । यसले द्वन्द्वपीडितलाई झनै पीडित बनाउने दाबी मास्केको छ । टीआरसीका नाममा पीडितलाई झन् समस्या हुनेगरी अघि बढाइएको विधेयक रोक्न मागसहित रिट दायर गरेको मास्केले बताएका छन् ।

 

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ४ : ५६ बजे

सिरहामा भदौ २४ कै दृश्य : प्रदर्शनकारीले लगाइदिए एबी मलमा आगो

काठमाडौं- सिरहाको गोलबजारमा प्रहरीको गोलीबाट एकजना युवकको मृत्यु भएपछि तनाव

सभापति लामिछानेले थाले कोशी र मधेसका सांसदसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको पछिल्लो समसामयिक

सुनसरी घटनाको पाँच दिनपछि देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा तनाव सुरू भएको पाँच दिनपछि

‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत

काठमाडौं– ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक,

कप्तानगञ्ज तनाव मधेशतिर फैलिएपछि गृहमन्त्री सुनसरी जाँदै

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जबाट दुई समुदायबीच फैलिएको तनावको पाँच