टीआरसी विधेयकविरुद्ध सर्वोच्चमा रिट, पीडितमैत्री नभएको जिकिर « Khabarhub

टीआरसी विधेयकविरुद्ध सर्वोच्चमा रिट, पीडितमैत्री नभएको जिकिर


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सदनमा पेस गर्न लागिएको सङ्क्रमणकालीन न्यायका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन र बेपत्ता पारिएका व्यक्तिको छानबिन अयोग, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

संसद्‍मा छलफलका लागि पेस हुने तयारीमा रहेको उक्त विधेयकविरुद्ध अधिवक्ता श्यामकृष्ण मास्केले सर्वोच्च अदालत रिट हालेका हुन् ।

उक्त रिट दर्ता गर्ने या दरपीठ गर्नेबारेमा सर्वोच्च अदालत प्रशासन परामर्शमा रहेको छ ।

दलहरूले संसद्‍बाट पास गर्ने गरी टीआरसीमा सहमति जुटाइसकेका छन् । अधिवक्ता मास्केले प्रस्तावित विधेयक केही बुँदा संविधान, कानुन र नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय सन्धि-सम्झौता तथा अन्तर्राष्ट्रिय अभ्यासविपरीत भएको जिकिर गरेका छन् ।

उक्त विधेयकका केही बुँदा सशस्त्र द्वन्द्वका पीडकहरूलाई उन्मुक्ति दिने किसिमका रहेका उनको तर्क छ । यसले द्वन्द्वपीडितलाई झनै पीडित बनाउने दाबी मास्केको छ । टीआरसीका नाममा पीडितलाई झन् समस्या हुनेगरी अघि बढाइएको विधेयक रोक्न मागसहित रिट दायर गरेको मास्केले बताएका छन् ।

 

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ४ : ५६ बजे

क्यानाडाबाट आयात हुने वस्तुमा अमेरिकी भन्सार महसुलको दायरा परिवर्तन

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने केही वस्तुमा

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृ*त्यु

रुकुमपश्चिम – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ स्वारामा ढुङ्गा प्रहारबाट एक

हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली र

अमेरिकाको अपिलमा क्युबाको व्यङ्ग्य : ‘टुथपेस्ट बेचेजस्तो गरी सीआईएका लागि भर्ती’

हवाना– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबामा परिवर्तन चाहने नागरिकलाई अवसरको सदुपयोग

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक