‘ज्वाइँ साब’का निर्देशक भन्छन्- प्रदर्शन मिति हेरफेर हुँदैन, यस्तो छ दीपकको प्रतिक्रिया « Khabarhub

‘ज्वाइँ साब’का निर्देशक भन्छन्- प्रदर्शन मिति हेरफेर हुँदैन, यस्तो छ दीपकको प्रतिक्रिया


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


13.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दसैंमा एकभन्दा बढी फिल्म एकैसाथ हलमा लाग्नु स्वाभाविक हो । यसअघि पनि दसैंमा दुई वा दुईभन्दा बढी फिल्म प्रदर्शन भएका छन् ।

यसपटक पनि असोज २४ अथवा फूलपातीका दिन दुई नेपाली फिल्म प्रदर्शनमा आउने भएका छन् । ती हुन् : दीपक–दीपाको ‘छक्का पञ्जा–५’ र जितु नेपाल ‘मुन्द्रे’ र नीति शाह शीर्ष भूमिकामा रहेको ‘ज्वाइँ साब’ ।

छक्का पञ्जा टिमले जेठमै प्रदर्शन मिति तय गरेर छायांकनमा निस्किएको थियो । ज्वाइँ साबले मंगलबार मात्रै प्रदर्शन मिति तय गरेको हो । अर्थात्,  छक्का पञ्जा टीमसँग प्रतिस्पर्धा गर्न ‘‘ज्वाइँ साब’ अग्रसर भएको हो ।

फिल्म जुध्नु सामान्य भए पनि ‘छक्का पञ्जा–५’ र ‘ज्वाइँ साब’को प्रतिस्पर्धाले चर्चा बटुलेको छ ।

यो चर्चाको प्रमुख कारण हो : दीपक-दीपा टीमबाट निकालिएका जितुको फिल्म उनीहरूसँगै जुध्नु । विगतको विवादले टाढिएका जितु र छक्का पञ्जा टिमबीच चार वर्षसम्म सहकार्यको वातावरण नबन्नू ।

त्यहीकारण जितुले टिमबाट निकालिएको रिस फेर्न फिल्म जुधाएको एकथरी विश्लेषण र गसिपले पनि स्थान पाएको छ ।

‘ज्वाइँ साब’को प्रदर्शन मिति घोषणापछि छक्का पञ्जा टिमका केदार घिमिरे ‘माग्ने बूढा’ले सहमतिमा अगाडि बढ्न सक्ने धारणा राखेका छन् ।

हलमा प्रतिस्पर्धा नगर्न छलफलबाट समाधान निस्किने आशयसिहत उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाँस्य कलाकारहरूबीचमा यस्तो कन्फ्लिक्ट अहिलेसम्म भएको छैन । अहिलेको कुरा पनि वार्ता र संवादको माध्यमबाटै हल हुनेछ ।’

मिल्ला कुरा ?

एकैदिनदुई फिल्म हलमा लाग्दा दर्शक बाँडिन्छन् । दुवै फिल्मले कम शो पाउँछन् । यस अर्थमा दुवै पक्षलाई फाइदाभन्दा घाटा हुने निश्चित छ ।  केदारले भने जस्तै छलफलबाट उचित निष्कर्ष निकाल्दा दुवैलाई फाइदा पुग्न सक्छ ।

यता दीपकराज गिरी पनि ‘ज्वाइँ साब’ले ‘छक्का पञ्जा– ५’सँग प्रतिस्पर्धा गरोस् भन्ने चाहँदैनन् । खबरहबसँगको कुराकानीमा भन्छन्, ‘हामीले पहिल्यै प्रदर्शन मिति तोकेका हौं । उहाँहरू प्रतिस्पर्धा गर्न आउनुभयो । तिहारमा आउने योजना सुनेका थियौँ । त्यही समयमा आउँदा उचित हुन्छ ।’

यद्यपि आफूहरू फूलपातीमै दर्शकमाझ जानेमा दीपक स्पष्ट छन् । जानजान फिल्म जुधाउन आउनेसँग छलफल गर्नुपर्ने कारण नरहेको उनी बताउँछन् ।

भन्छन्, ‘हामीले के छलफल गर्नु ? उहाँहरूले छलफल गरेरै फूलपातीमा आउनु भएको होला ?’

सार्वजनिक भएका ‘ज्वाइँ साबका दुई पोस्टर जितुले ढिलोगरी आफ्नो फेसबुकमा सेयर गरेका छन् । जितुले ढिलो पोस्टर सेयर गर्नुको कारण ‘छक्का पञ्जा–५’सँग फिल्म जुधाउन नचाहेको केहीको अनुमान थियो । ज्वाइँ साबका निर्देशक वसन्त निरौला भन्छन्, ‘उहाँ अर्को फिल्मको सुटिङमा हुनुहन्थ्यो, नेटको पहुँच बाहिर भएर पोस्टर ढिला सेयर गर्नु भएको हो ।’ खबरहबले जितुलाई फोन सम्पर्क गर्दा कुराकानी हुन सकेन ।

निर्देशक निरौलाले जितुको कारण नभइ टिमकै सहमतिमा फिल्मको प्रदर्शन मिति तय भएको स्पष्ट पारे । उनले खबरहबसँग भने, ‘कलकारको कारणले मिति तय भएको होइन । फिल्म टिममा हुने काम हो । टिमले नै मिति तय गरेको हो ।’

ज्वाइँ साब दसैंछेका हेर्दा रमाइलो हुने फिल्म भएकाले फूलपातीमै प्रदर्शन गर्नेमा उनी अडिग छन् । भन्छन्, ‘फिल्म जुधाउने हाम्रो लक्ष्य होइन । दसैंको लामो बिदामा दर्शकलाई हलमा ल्याउने हो । यो मिति हेरफेर हुने सम्भावना छैन ।’

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ६ : ०७ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार बस्दैछ ।

पाकिस्तानको उत्तर–पश्चिममा आतंकवादविरुद्धको कारबाहीमा ६ आतंककारी मारिए

एजेन्सी– पाकिस्तानको उत्तर–पश्चिमी प्रान्त खैबर पख्तूनख्वामा आतंकवादविरुद्ध गरिएको गुप्तचर सूचनामा

लेबनानमा बढ्दो मानवीय संकटप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले लेबनानमा इजरायली बमबारीबाट प्रभावित मानिसहरूका

‘विजयसाल सामुदायिक घरवास’मा पाहुनाको आकर्षण

कञ्चनपुर–  कृष्णपुर नगरपालिका–२ वाणीस्थित मुक्तकमैया बस्ती अहिले ग्रामीण पर्यटनको आकर्षक

इराकमा अमेरिकी इन्धन विमान दुर्घटना, ६ चालक दलका सदस्यको मृत्यु

एजेन्सी– इरानसँगको सैन्य अभियानको क्रममा इराकको पश्चिम क्षेत्रमा अमेरिकी इन्धन