हिलाम्मे दशरथ रंगशाला, खेलाडीको जिउभरी हिलो (तस्बिरहरू) « Khabarhub

हिलाम्मे दशरथ रंगशाला, खेलाडीको जिउभरी हिलो (तस्बिरहरू)


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


10k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लब र भुटानको लिग च्याम्पियन पारो फुटबल क्लबबीचको खेल दशरथ रंगशालामा भइरहेको छ।

चर्च ब्वाइज युनाइटेड अनन्त तामाङको कप्तानीमा मैदानमा उत्रिएको छ। पहिलो हाफमा दुवै टोलीले १-१ गोल गर्न सफल भएका थिए।

सुरुवाती अग्रता भने घरेलु टोली चर्च ब्वाइजले लिएको थियो । चर्च ब्वाइजले अग्रता लिएपछि पारो पनि खेलमा फर्कियो । उसका लागि किङ्गलाले गोल गर्दै खेललाई १-१ बराबरीमा ल्याएका छन् ।

पानी परेकाले दशरथ रंगशाला हिलाम्मे भएको छ । यो रंगशालााई पारोका जापानी स्ट्राइकर कोइसुके होन्डाले अहिलेसम्मकै खराबको संज्ञा दिएका थिए ।

हिलाम्मे मैदानमा खेलाडीहरू बल खोसाखोसका क्रममा पटक पटक पछारिएका छन् । पहिलो हाफमै खेलाडीको जिउभरी हिलैहिलो भएको छ ।

मंगलबार पानी परेर मैदान हिलाम्मे हुँदा खेलाडीहरूले खेल कौशल समेत देखाउन सकेका छैनन् ।

दशरथ रंगशालालाई जापाबाट विश्वकप खेलिसकेका एसिया कप जितेका मिडफिल्डर केइसुके होन्डा अहिलेसम्मकै खराब भनेका थिए।

भुटानको पारो एफसीबाट खेल्न आएका उनले आफ्नो करियरकै खराब मैदान भनेर दशरथ रंगशालाबारे टिप्पणी गरेका थिए ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ७ : २७ बजे

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

भोटेकोशी बाढी : जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन

जुम्ला– रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका

भोटेकोसी बाढी : खोजी, उद्धार र राहत वितरणमा तीव्रता दिन रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढी र